Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाल विवाह र बाल श्रम न्यूनिकरण गर्न सचेतना र्याली

Author Avatar साझा न्यूज 26th December 2024 , 10:52 AM
बाल विवाह र बाल श्रम न्यूनिकरण गर्न सचेतना र्याली

कपिलबस्तु । कपिलबस्तुको यशोधरा गांउपालिका वडा नं. १ तिर्तिखामा बाल विवाह र बाल श्रम न्यूनिकरण गर्नका लाष् िसचेतनामुलक र्याली सम्पन्न गरिएको छ । कार्यक्रम यशोधरा गाँउपालिका वडा नं. १ को आयोजना र दलित समाजिक विकास केन्द्रको समन्वयमा भएको हो ।
र्याली कार्यक्रम नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणबाट हुदै रजवापुर, पकडी, लगायतको गाँउ हुदै वडा कार्यालयमा कोण सभा गरी सम्पन्न गरिएको थियो । वडालाई २०७५ सालमा बाल विवाह मुक्त घोषणा गरिए पनि हालको अवस्था दनिय रहेको कारण सो कार्यक्रम गरिएको दलित सामाजिक बिकास केन्द्रका जीवन सुधार परियोजना अधिकृत रमेश प्रसाद कुर्मिले बताउनुभयो । वडामा हुने बाल बिवाह र बाल बालिकालाई काममा लगाई श्रम शोषणको समस्यालाई न्यूनिकरण गर्ने उद्धेश्यले उक्त सचेतनामुलक कार्य गरिएको केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासले बताउनुभयो ।
र्याली कार्यक्रम यशोधरा गाँउपालिका १ मा संचालित ३ वटा सामुदायिक बिद्यालय, २ वटा मर्दसा,२ वटा बोर्डिड.बिद्यालयका बाल बालिकाहरुको सहभागिता र वडामा दलित संस्थाद्धारा संचालित १२ वटा आत्मनिर्भर समुहका महिला सदस्य, कृषक समुह, बाल क्लब तथा बाल संजालको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी भएका बाल बालिका र महिलाहरुले बाल बिवाह सम्बन्धी नाराहरु लेखेको प्लेकार्डहरु बोकेर माइकमा बोल्दै र्याली संचालन गरिएको थियो । बाल बालिका र महिलाहरु रैलीमा सहभागी भएकोमा र आफ्नो वडामा अहिले सम्मको ठूलो रैली भएकोले उत्साहित देखिनु भएको थियो ।
कार्यक्रममा सचेतनाका काम गर्ने समुह समिति, बिद्यालय र सस्थाहरुलाई सम्मान र प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । यस कार्यक्रमको अध्यक्षता वडा न.१का वडा अध्यक्ष अब्दुल क्यूम मुसलमान अतिथि वडाका सबै वडा सदस्यहरु, दलित सामाजिक बिकास केन्द्रका सचिव रोहित लाल कोरी, कार्यकारी निर्देशक राम शरण रैदास, फिल्ड सुपरभाइजर प्रिति गुप्ता, ७ वटै बिद्यालयका प्रधानाध्यापक र ब्यवस्थापन समितिको अध्यक्ष, स्वास्थ्य चौकीकाको प्रतिनिधि, कालिका स्वावलम्बनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालनका बाल सहजकर्ता हरिओम यादवले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

कार्यालय प्रमुखसहित ४ चना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज