साझा न्यूज । यशोधरा
जिल्लाको यशोधरा गाँउपालिकाको मर्यादपुरमा ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ । कार्यक्रम नेपाली कांग्रेस कपिलबस्तु नगरपालिका र यशोधरा गाँउपालिका कार्य समितिको आयोजनामा भएको हो ।
सो अवसरमा बोल्दै भारतका लागि पूर्व नेपाली राजदुत दिप कुमार उपाध्यायले नेपाल–भारत सम्बन्ध केवल रोटी र बेटीको मात्र नभई भौगोलिक, सांस्कृतिक, आर्थिक र सामाजिक रूपमा समेत गहिरो भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा मलखादको अभाव रहेकोले यस विषयमा स्थानीय प्रशासनले जनतालाई सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा सुरक्षा विभाग प्रमुख विक्रम सिंह थापाले पार्टीलाई एकताबद्ध राख्दै सशक्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेश सिंह, प्रदेश सदस्य प्रेम लता भट्ट, लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री सहसराम यादव, पूर्व सभापति राजेश आचार्य, क्षेत्रीय सभापति अब्दुल मन्नान खान, क्षेत्र नं २ (ख) का क्षेत्रीय सभापति गिरीजेश पाण्डेय, राम आशिष पाण्डेय, दोलखराम घिमिरे, मोहन लाल शर्मा र राजु प्रसाद अर्यालले लगायतले आफ्नो धारणा राखेका थिए ।
त्यस्तै लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका उपाध्यक्ष दिनेश हमाल, नेपाल प्रेस युनियनका पूर्व सभापति गोपाल भण्डारी, अनुप पाण्डेय, रमेश मिश्र, लगायत नेताहरूले पनि विचार प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व खुर्सेद अहमद खान र जगदीश पाण्डेयले गर्नुभएको थियो भने संचालन वाजिह अरसदको रहेको थियो ।