कपिलवस्तु । साझा न्यूज
लोक तथा दोहोरी गायक ऋषीकेश पाण्डे र रञ्जिता विश्वकर्माको आवजमा रहेकाे गीत सार्वजनिक भएको छ । गायक पाण्डे र विश्वकर्माकोले ‘ फुलेकाे फुल’ गीतको म्युजिक भिडियो समेत बजारमा ल्याएका हुन् ।
कमल भक्तले निर्देशन गरेकाे गितमा बिक्रम बावु विश्वकर्माको शब्द रचना रहेको छ । गितमा विजय पुन, बबिता विश्वकर्मा र रश्मि भण्डारीलाई अभिनय तथा नृत्य देख्न सकिन्छ ।उक्त गीतको संगीत संयोजन नविन परियार,छायांकन सुनिल भण्डारीले ले गरेका छन ।
वानडिबि एच्डी नेक्स्ट लेभल रेर्कडिङ स्टुडियोमा तयार पारिएको गित ऋषीकेश पाण्डे अफिसियल युट्युवबाट सार्वजनिक भएको छ ।गितमा परम्परागत रोधी घरकाे झल्काे दिएको छ ।