साझा न्यूज । पकडी (कपिलवस्तु)
१५ लाख ७० हजार नगद नेपाली रुपैया स्रोत नखुलेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मायादेवी गाउंपालिका वडा नं. ७ वसन्तपुर बस्नेत ३० वर्षीय निरज कुमार मिश्र रहेका छन् ।
पक्राउ परेका मिश्राको साथमा रहेको सो रकम स्रोत नखुलेको कारण १५ लाख ७० हजार सहित मिश्रलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाईएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीेले बताए ।
पक्राउ परेका मिश्रलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को क बमोजिम हुण्डी सम्वन्धी कारोवार गर्न नहुने कसूर मुद्धामा थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
साईकलमा बर्रोहिया देखि तौलिहवा जांदै गर्दा बाटोमा रोकेर मिश्रलाई चेक जांच गर्दा उनले बोकेको कालो झोलामा सो रकम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मिश्र भने गाउंका सामान्य कृषक हुन् ।
उनलाई प्रयोग गरेर कुनै गिरोह वा व्यक्तिले अवैध ढंगबाट कारोवार संचालन गरिरहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।