साझा न्यूज । लुम्विनी
वेल्ट हंगर हिल्फेको सहयोग तथा कालिका स्वावलम्वन सामाजिक केन्द्र र फर्वाड नेपालको आयोजनामा लुम्विनीमा पोषण तथा स्वच्छतामा व्यवहार परिवर्तन सम्वन्धी पुर्नताजगी तालिम सम्पन्न भएको छ ।
सुधारिएको खाद्य प्रणाली परियोजना एनपिएल १०८३—२२ मा कार्यरत सामुदायिक सहजकर्ता र सामाजिक परिवर्तनका संवाहकहरुलाई ३ दिन सम्म पुर्नताजगी तालिममा दिईएको हो । तालिममा कुपोषणको फ्रेम वर्क, बहुक्षेत्रीय पोषण योजना तेस्रोको बारेमा अभिमुखीकरण गरी परियोजनासंग कसरी जोड्न सकिन्छ ? भन्ने विषयमा छलफल गरिएको थियो ।
यसै गरी पैरवी योजना, खाद्य सुरक्षा संग सम्वन्धित सरोकारवालाहरुको नक्सांकन, खाद्य सुरक्षा रुपान्तरणका आयामहरु, खानाका विविधीकरण, असल कृषि अभ्यास, पोषण वगैचा लगायतको विषयमा पनि छलफल गरिएको थियो । तालिममा खाद्य सम्प्रुभता ऐन २०७५ को बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
वेल्ट हंगर हिल्फेका टेक्निकल कोर्डिनेटर उत्तम शर्मा र अनुगमन तथा मुल्यांकन अधिकृत निरज गिरी, कालिका स्वावलम्वन सामाजिक केन्द्रकी कार्यक्रम संयोजक कमला सापकोटा, अनुगमन तथा मुल्यांकन व्यवस्थापक ममता भट्टराई, कार्यक्रम अधिकृत अशोक चन्द्र लम्साल र फर्रवाड नेपालका कृषि अधिकृत सुमन न्यौपाने, अनुगमन अधिकृत विकास आचार्य र झलक बहादुर थापा लगायतले तालिमका विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए ।
तालिमबाट सहभागीहरुमा पोषण तथा स्वच्छता सम्वन्धी व्यवहार परिवर्तनका लागि नेतृत्वदायी भूमिका लिन सहजकर्ता र परिवर्तनका संवाहकहरु सक्षम हुने अपेक्षा गरिएको कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप कुमार सिंहले बताए ।
तालिम पश्चात सहभागीहरुले समुदायमा गई ७ वटा मोडुलको तालिम संचालन गर्ने छन् । सो तालिममा १५ देखि ४९ वर्ष उमेर समुहका किशोरी, गर्भवती, सुत्केरी, ५ वर्ष मुनीका बालबालिकाका आमाहरुलाई सहभागी गराईने कालिका स्वावलम्वन सामाजिक केन्द्रकी कार्यक्रम संयोजक कमला सापकोटाले बताईन् ।
समुदायमा तालिम दिए पछि वायोसेन फिल्टर, साबुन, सेनेटरी प्याड, सवोत्तम पिठो प्रदर्शन तथा बनाउनुका साथै वितरण गरिने छ । कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप कुमार सिंहले तालिमको समापन गरेका थिए ।
सुधारिएको खाद्य प्रणाली परियोजना यशोधरा, मायादेवी र शुद्धोधन गाउपालिकाका लक्षित वर्गका ४ हजार ५ सय साना किसान र ५ सय भूमिहिन नागरिकहरुलाई लक्षित गरि संचालनमा रहेको छ ।