कपिलबस्तु, माघ ८ गते । कपिलबस्तु निर्माण व्यवसायी संघले जिल्लामा निर्माण सामग्रीको मुल्यवृद्धि नियन्त्रणका लागि दररेट निर्धारण समितिको बैठक बोलाउन माग गरेको छ । संघले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई पत्र बुझाउदै सो कुरा माग गरेको हो ।
सो अवसरमा संघका अध्यक्ष सरोज कुमार अर्याल, संघका महासचिव शिव दयाल ठाकुर लगायतको टोलीले प्रजिअ अर्याललाई सिमेन्ट लगायत निर्माण सामग्रीको मुल्य वृद्धिसम्बन्धी दररेट निर्धारण समितिको बैठक माग गरेको छ ।
प्त्रमा भनिएको छ सार्वजनिक खरीद ऐन, नियम १४८ अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित उक्त समितिले निर्माण सामग्री र ढुवानीका दर समायोजन गर्ने अधिकार राख्दछ ।
त्यस्तै हाल कपिलवस्तुका सिमेन्ट उत्पादकहरूले अकारण नै २० प्रतिशतभन्दा बढी मुल्यवृद्धि गरेको पाइएको छ । यसले निर्माण व्यवसायी, स्थानीय ठेकेदार, र सर्वसाधारणलाई थप आर्थिक बोझ परेको छ । निर्माण कार्यमा सिमेन्ट मुख्य सामग्री भएकाले मुल्यवृद्धिले सरकारी तथा निजी परियोजनाहरू प्रभावित हुनसक्ने पत्रमा उल्लेख गरिएको छ ।