कपिलबस्तु, माघ २१ गते । सिद्धार्थ विद्या मन्दिर तौलिहवाले सिद्धार्थ स्काउट ट्रुप दिक्षान्त समारोह तथा बसन्त पन्चमीको अवसरमा सरस्वती पुजा कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई स्काउटको सिप सिकाइ निश्चित तालिम दिएर अवधी सम्पन्न गरेका २४ जना लाई दिक्षित गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्यव समितिका प्रमुख बावुराम आर्चाय, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला समन्वय इकाईका प्रमुख लोकराज मरासिनी लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय शुसासन तथा स्रोत विकास तथा वित्त आयुक्त गुनाखर गैरे, विद्यालयका संचालक टिकाराम अर्याल लगायतको सहभागिता रहेको थियो ।
शिक्षिका अम्विका अर्यालको संचालनमा सम्पन्न समारोहमा अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमम बोल्ने बक्ताहरुले परोपकारी सेवा र अनुशासनका कुराहरु सिक्ने हुदा स्काउटका आचारण अवलम्वन गर्नुपर्ने बताए ।