Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत

Author Avatar साझा न्यूज 8th February 2025 , 9:52 PM
नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत

कपिलबस्तु । कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा –२ पिपराले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ । माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको शुक्रबार समापन गरिएको हो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक तथा निजी तथा प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले खेलकुदको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनका साथै खेलकुदमा पनि सक्रिय हुन प्रेरित गरे।
कार्यक्रममा इन्स्टिच्यूटका प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले प्राविधिक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै देशको विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउने र प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्छ, जसले गर्दा उद्योग, व्यवसाय र अन्य क्षेत्रमा उत्पादनशीलता बढ्ने बताए . ।
इन्स्टिच्यूटका लेखा प्रमुख नन्दराम पौडेलले विद्यार्थीहरूलाई शुभकामना दिँदै खेलकुदले उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। खेल सप्ताहमा क्रिकेट, भलिबल, म्युजिकल चेयर डान्स, सटपुट, चेस, लुडो, क्यारमबोर्ड, स्लो साइकल रेस लगायतका खेलहरू समावेश थिए। विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुले नृत्य लगायतका विभिन्न प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।
खेल संयोजक विक्रम घिमिरेले खेल सप्ताहको सफल आयोजनाको लागि सबैलाई धन्यवाद दिए। उनले विद्यार्थीहरूको सक्रियता र सहयोग बिना यो कार्यक्रम सफल हुन नसक्ने बताए। खेल प्रतियोगितामा एच.ए., फार्मेसी, ल्याब टेक्निसियन संकायका प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सभापति प्रतिभा थारूले विद्यार्थीहरूको उत्साह लगावको प्रशंसा गरिन्। कार्यक्रममा स्वागत मन्तव्य मनिषा सुनारले राखिन् भने कार्यक्रमको सञ्चालन नवराज थारूले गरेका थिए। वि.सं. २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटले एच.एच.,फार्मेसी, ल्याव टेक्निसिनय, फिजियोथेरापी, अमिन कोषहरु संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज