कपिलबस्तु । राष्ट्रिय मुक्ति पार्टी नेपालले कपिलबस्तुमा बृहत अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ । उक्त भेलाले जिल्ला अध्यक्ष कैलाश अग्रहरीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
सो अवसरमा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल अध्यक्ष एवमं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले देशको विभिन्न संस्कृतिहरुको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पार्टीले आवश्यक योजना तय गर्ने बताउनु भएको छ । उहाँले उत्पीडनमा परेका सम्पूर्ण नागरिकको अधिकारका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपालको उद्य भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दावी गर्नुभयो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना समेत दिनुभएको छ । सो अवसरमा पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्र, ओमप्रकाश गुल्जारी लाल यादव लगायतको सहभागीता रहेको थियोे ।