तौलिहवा(कपिलबस्तु), माघ २८ गते । कपिलबस्तुमा प्रहरीको सिआईडी हु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षिय ऋषिराम घिमिरे र वडा नं. २ कप्टैयाका ३२ वर्षिय जीवन थापा रहको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार उनिहरु हामी इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि. हौं तपाईको घरकोठा खानतलासी गर्नु पर्ने छ भन्दै एक स्थानियको घरमा प्रवेश गरि खानतलासी गरि सत्र हजार लिई हिडेको आवस्थामा पक्राउ गरिएको बताउनुभयो ।
घिमिरे र थापालाई बाणगंगा नगरपालिका वडा न. २ राजपुर स्थित खेल मैदानमा फेला पारी पक्राउ गरिएको उहाँको भनाई छ । पक्राउ परेका दुबै जनालाई ठगी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो ।