Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट एक जनाको मृत्यु, छ जना पक्राउ

Author Avatar साझा न्यूज 10th February 2025 , 11:16 AM
‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट एक जनाको मृत्यु, छ जना पक्राउ

नेपालगन्ज, माघ २८ गते । बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याउने क्रममा रमाइलो चलिरहेको अवस्थामा मदिरा पिएका युवाहरूबिच ग्याङ फाइट भएको थियो । दुलही भित्राएपछि नाचगान चलिरहेको समयमा एक्कासि दुलाहा भिनाजु नाता पर्ने रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबिच विवाद बढ्दै जाँदा बेस्सरी कुटपिट भएको थियो । दुई पक्षीय कुटपिटका क्रममा रानाको खुकुरी प्रहारबाट दिनेश गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीका अनुसार २५ वर्षीय दिनेश रोकायको भारतको लखनउमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । घाइते अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

डिएसपी जोशीका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुलाहाको भिनाजु सोही गाउँपालिका–२ बस्ने ३५ वर्षीय रामबहादुर राना सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ २ की ३० वर्षीया मनीषा राना, बैजनाट ६ का १८ वर्षिय भिजन नेपाली, जाजरकोट शिवालय ७ घर भई बैजनाथमा पाहुना आएका २९ वर्षीय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका ६ घर भई पाहुना आएकी २७ वर्षीय अमृता डाँगी र बैजनाथ ८ का १८ वर्षीय सुजन बुढा रहेका छन् ।

दुई समूहको लडाइँपछि त्यहाँ भागदौड मच्चिएको थियो । दिउँसोदेखि नै मदिरा खाइरहेका दुई समूहबिच विवाद बढेपछि मारकाटको रूप लिएको स्थानीयले बताएका छन् ।

पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको जिल्लाका प्रहरी प्रवक्ता डिएसपी जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज