Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

Author Avatar साझा न्यूज 18th February 2025 , 3:20 PM
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

A groundsman uses a roller to prepare the pitch ahead of the ICC Men's Champions Trophy one-day international (ODI) cricket matches at the Rawalpindi Cricket Stadium in Rawalpindi on February 17, 2025. The Champions Trophy begins on February 19 after a turbulent build-up that saw the tournament split between Pakistan and Dubai, and with England facing calls to boycott their match against Afghanistan. The event, regarded as second only to the World Cup in the one-day game, runs until March 9 and is the first global cricket tournament hosted by Pakistan in nearly three decades. (Photo by Aamir QURESHI / AFP)

तस्वीर : एजेन्सी

सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले भाेलि बुधवारदेखि झन्डै तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।

अधिकारीहरूले यसलाई सहज र सुरक्षित रूपमा निकाल्न सकेको खण्डमा आउँदाे साढे दुई हप्तामा तीन वटा शहरमा च्याम्पियन्स ट्रफी आयोजना गर्दा दक्षिण एशियाली यस राष्ट्रको प्रतिष्ठामा ठूलो बढोत्तरी हुनेछ ।

‘पाकिस्तान एक सुरक्षित देश हो र यो प्रशासनको दृष्टिकोणबाट यस्तो विश्वव्यापी प्रतियोगिता गर्न सक्षम छ भनेर विश्वलाई विश्वास दिलाउन गम्भीर मेहनत र विश्वास दिलाउन आवश्यक थियो’, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का पूर्वअध्यक्ष रमिज राजाले भने, ‘विश्वले अन्ततः हाम्रो दृष्टिकोण बुझ्यो ।’

राजाको कार्यकालमा सन् २०२१ मा यो प्रतियोगिता प्रदान गरिएको थियो ।

लामो समयदेखि चलिरहेको राजनीतिक तनावका कारण छिमेकी र कट्टर प्रतिद्वन्द्वी भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि यो तयारी कुनै समस्या विना भएको छैन ।

मैदानभित्र र बाहिर खेलको शक्तिशाली राष्ट्र भारतले त्यसको सट्टा आफ्ना खेलहरू दुबईमा खेल्नेछ तर अन्य देशले पाकिस्तानमा खेल्नेछन् ।

प्रमुख शहरहरूमा आक्रमणहरू विरलै हुने गरेको भए पनि विशेषगरी आयोजक शहरहरू कराची, लाहोर र रावलपिन्डीमा देशले सुरक्षा बढाएको छ ।

पाकिस्तानले सन् २००८ मा विश्वकपपछि प्रमुख एकदिवसीय प्रतियोगिता च्याम्पियन्स ट्रफी आयोजना गर्ने भएको थियो ।

सेप्टेम्बर ११ को आक्रमणपछि छिमेकी अफगानिस्तानको युद्धबाट फैलिएको सुरक्षा सङ्कटका कारण त्यसको सट्टा एक वर्षपछि दक्षिण अफ्रिकामा आयोजना गरिएको थियो ।

इस्लामवादी बन्दुकधारीहरूले लाहोरमा श्रीलङ्काको टोली बोकेको बसमा आक्रमण गरेपछि धेरै खेलाडी घाइते भएका थिए र आठ जना प्रहरी र सर्वसाधारणको ज्यान गएपछि सन् २००९ मा पाकिस्तान अन्तर्राष्ट्रिय पक्षहरूका लागि निषेधित क्षेत्र बन्यो ।

तर सन् २०१४ मा शुरू भएको र केही वर्षसम्म चलेको व्यापक सैन्य कारबाहीपछि सुरक्षामा व्यापक रूपमा सुधार भएको छ ।

सन् २०१९ मा टेस्ट क्रिकेट पाकिस्तानमा फर्कियो । त्यसपछि अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले देशको भ्रमण गरे र यसले पाकिस्तानको प्रतियोगिता आयोजना गर्ने प्रयासलाई सहयोग पुर्‍यायो ।

ती सबै टोली च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा हुनेछन् ।

‘आतङ्कवादले सबै कुरा लियो’

७७ वर्षीय व्यवसायी हाजी अब्दुल रज्जाकका लागि विश्वव्यापी प्रतियोगिता पाकिस्तानमा फर्कनु अर्को जन्मदिन जस्तै हो ।

पाकिस्तानले अन्तिम पटक सन् १९९६ मा भारत र श्रीलङ्कासँग सह–आयोजकका रूपमा प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।

श्रीलङ्काले अस्ट्रेलियालाई हराएर उपाधि जितेको बेला रज्जाकले सन् १९९६ मार्च १७ मा लाहोरको गद्दाफी स्टेडियममा श्रीलङ्काको झन्डा फहराएका थिए ।

२९ वर्षपछि क्रिकेट प्रेमी रज्जाकले बुधवार कराचीमा च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा विजेता पाकिस्तान र न्युजिल्यान्डबीच हुने खेल हेर्नेछन् ।

‘यो मेरो दिमागमा ताजा छ, मेरो देश त्यस बेला फस्टाउँदै थियो र क्रिकेट सबैको मनमा थियो’, आँखा रसाएका रज्जाकले भने, ‘आतङ्कवादले हामीबाट सबै कुरा लियो । म एक विश्वव्यापी प्रतियोगिता हाम्रो देशमा फर्किएको देख्दा अति खुशी छु र यो मेरो जन्मदिन हुने जस्तो महसूस गरिरहेको छ ।’

आतङ्कवाद अझै पनि पाकिस्तानमा खतरा भए पनि हिंसा स्टेडियमहरूबाट धेरै टाढा उत्तरदेखि दक्षिणसम्म दुर्गम सीमावर्ती क्षेत्रहरूमा लगभग पूर्णरूपमा सीमित छ ।

राजधानी इस्लामाबादलाई लकडाउनमा राखी पाकिस्तानले भर्खरै शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलन र बालिकाहरूको शिक्षामा विश्वव्यापी बैठक आयोजना गरेको छ । यसले अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानले आफ्नो प्रोफाइल बढाएको छ ।

आफ्नो तयारीको परीक्षणका रूपमा पाकिस्तानले गएकाे हप्ता न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग त्रिदेशीय शृङ्खला आयोजना गर्‍यो र लाहोर र कराचीमा भर्खरै नवीकरण गरिएको स्टेडियमहरूमा दर्शकहरू भेला भए ।

सन् १९८७ मा पाकिस्तान र भारतले आयोजना गरेको विश्वकपमा खेलेका पाकिस्तानका पूर्वकप्तान राजाले च्याम्पियन्स ट्रफीको आयोजना खेलभन्दा बाहिर धेरै महत्त्वपूर्ण रहेको बताए ।

‘यो च्याम्पियन्स ट्रफी विश्व क्रिकेट समुदायमा आफ्नो स्थानलाई सामान्य बनाउनेतर्फको महत्त्वपूर्ण कदम हो’, उनले भने, ‘यो राष्ट्रिय गौरव र लचिलोपन र दृढताको बारेमा बलियो सन्देश पठाउने कुरा पनि हो, यो युवा संलग्नता, सांस्कृतिक प्रवर्द्धन र विश्वव्यापी छवि निर्माण गर्नेबारे हो, अब प्रस्तुत गर्ने जिम्मेवारी हामीमाथि छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज