साझा न्यूज । तौलिहवा
मेरो विद्यालय मेरो दायित्व कार्यक्रम लुम्बिनी प्रदेशको कपिलबस्तु जिल्लामा पनि शुभरम्भ भएको छ । लुम्बिनी प्रदेश सरकारले शैक्षिक क्षेत्रको विकासका लागि ल्याएको यस कार्यक्रमलाई कपिलबस्तु लुिम्बनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शुभरम्भ गरेको छन ।
शिवराज नगरपलिका वडा नं. १ स्थित नेपाल आर्दश मा. वि. शिवपुरमा औपचरिक कार्यक्रम गरी मेरो विद्यालय मेरो दायित्व कार्यक्रम शुभरम्भ गरिएको हो । सो कार्यक्रम प्रदेश सभामुख तुलाराम घर्ती मगरले विद्यालय सुधारका लागि शिक्षक, विद्यार्थी अविभावक पूर्ण जागरुक हुनु पर्नेमा जोड दिए । यसरी स्वजागरुक हुने विद्यालय प्रदेश सरकारबाट विशेष सहयोग गर्नु प्रतिबद्धता जनाए ।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख अजय थापाले नगर क्षेत्रको विकासका लागि नगरपलिकाले अपुनत्व ग्रहण गर्ने बताए ा नगरपालिकालाइ पूर्ण निःशुल्क शिक्षा कार्यक्रम लागु गरेका बताउदै नगर प्रमुख थापाले शिक्ष विकास भएका अन्य क्षेत्रको विकास हुने कुरामा जोड दिए ।
सामाजिक विकास मान्त्रालयको शाखा आधिकृत सम्मका सुवेदीले पूर्व विद्यार्थीहरुलाई पनि विद्यालयमा जोडन र विद्यालयको विकासमा सहभागी गराउन यो मेरो विद्यालय मेरो दायित्व कार्यक्रम प्रभावकारी रहने अपेक्ष गरिएको बताइन ।
समाजसेवि रविदत्त मिश्रा, शिक्षा पूर्व विद्यार्थी तथा राजनैतिक दलका प्रतिनिधिहरुले पनि कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको रुचिले यो कार्यक्रमलाई प्रदेशका सवै विद्यालयमा पुर्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रम सामाजिक विकास डिभिजन कार्यक्रमको सहयोग र नेपाल आर्दश मा. वि. आयोजना सम्पन्न भएको थियो ।
















































