साझा न्यूज । कपिलवस्तु
महा शिवरात्रीका अवसरमा ताम्रेश्वर महादेवकाे मन्दिरमा विहानैबाट हजाराै भक्तजनहरूकाे घुईचाे लागेकाे छ । गाउँ गाउँबाट अाएका शिवभक्तहरू घन्टाै समय लाईन बसी पालाे पर्खेर ताम्रेश्वर महादेवकाे पुजा गरेका छन् । विक्रम सम्वत १८७२ सालमा स्थापित याे मन्दिरमा सम्भवत नेपालकै ठुलाे शिवलिंग रहेकाे छ ।
कपिलवस्तु जिल्लाकाे साथै सिमावर्ती भारतकाे सिद्दार्थनगर जिल्लाका सीमा क्षेत्रका गाउहरू समेतबाट सर्वसाधारणहरू दर्शन गर्न अाएका छन् । करीब १ किलाेमीटरकाे दुरीमा लामबद्ध भएर भक्तजनहरू पालाे पर्खदै पुजा गरेका छन् ।
मन्दिरमा रहेका चार वटै ढाेकाहरू खाेलीएका छन् । पुर्व र पश्चिम तर्फका ढाेकाबाट प्रवेश र उत्तर तथा दक्षिण ढाेकाबाट निकासकाे व्यवस्था मिलाइएकाे छ । भीडभाडमा हुन सक्ने चाेरीजन्य गतिविधीहरू नियन्त्रण गर्न सादा पाेशाकका प्रहरी परिचालन भएका थिए ।
नेपाल प्रहरी र शशस्त्र प्रहरीले भीड व्यवस्थापनका लागि गए रातीबाटै सघन ढंगबाट काम गरिरहेका छ्न् । मन्दीर व्यवस्थापन समितिका पदाधिकारीहरू, स्वयंसेवकहरूबाट मंदीर भित्र भीड व्यवस्थापनका लागि सघाएका थिए ।
प्राचीन तथा सिद्ध मन्दिर भएका कारण यहाँ टाढा टाढाबाट भक्तजनहरू दर्शन गर्न अाउने गरेकाे शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले बताए । यसै गरि जिल्लाकाे शिवराज नगरपालिकाकाे शिवगढी पहाडमा रहेकाे शिवगढी मन्दिरमा पनि शिवरात्रीकाे मेला लागेकाे छ ।
करीब ३ किलोमिटर पैदल उकालाे चढेर भक्तजनहरू शिवगढी स्थित शिवमन्दिरमा पुजाअाजा गरेका छन् । हथाैसा, बहादुरगंज, बैरिया, लक्ष्मणघाट लगायतका स्थानका शिवमन्दिरहरूमा पनि विहानैबाट भक्तजनहरूकाे भीड लागेकाे छ ।
























































