Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

Author Avatar साझा न्यूज 5th March 2025 , 6:36 PM
लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

लुम्बिनी, फागुन २१ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको सङ्केत देखा परेको अवस्थामा पवित्रस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको  उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रूपमा शान्तिको सन्देश फैलाउन त्रिपिटक पाठ वाचनबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पूर्वाधार विकाससँगै त्रिपिटकजस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रम विस्तार गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गर्दै नेपाल सरकारकोतर्फबाट त्यसमा सक्दो सहयोग हुने बताउनुभयो ।

अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आजदेखि त्रिपिटक वाचन सुरू भएको छ ।  कार्यक्रममा कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धका उपदेशलाई विश्वभर फैलाउन त्रिपिटक पाठ वाचन फलदायी हुने बताउनुभयो । उहाँले त्रिपिटक पाठ बुद्धका शिक्षाहरूको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ बृहत् रूपमा विस्तार गर्नुपर्ने महसुस गरी अघि बढ्न लागेको जानकारी दिनुभयो ।

उपाध्यक्ष लामाले थेराबाद, महायान र ब्रजयाना सबै एकजुट भएर बुद्धको उपदेशलाई संसारभर फैलाउन सकिने धारणा व्यक्त गर्दैै बुद्ध दर्शनलाई विश्वले आत्मसात गरेकाले एक अर्ब बढी बुद्धमार्गीलाई पवित्रस्थल लुम्बिनीमा आकर्षित गरी विश्व शान्ति स्थापनाका पक्षमा जुट्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा आठौँ सङ्घनायक नेपालका भिक्षु बोधिसेन महास्थवीरले लुम्बिनी आउँदा आनन्द प्राप्त हुने बताउँदै मायादेवी मन्दिरको नामलाई बुद्धभूमि राख्दा त्यसले विश्वभर राम्रो सन्देश जाने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लुम्बिनी क्षेत्र अध्याँरो देखिएको बताउँदै मायादेवी परिसरसहितको क्षेत्रलाई ‘स्प्रिच्यूल लाइटिङ’ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिपिटक उद्घाटन समरोहमा थाई राजगुरु, अखिल नेपाल भिक्षु महासङ्घका सभापति भिक्षु धम्मसोभन महास्थवीर, महासचिव भिक्षु धर्मगुप्त महास्थवीर, सचिव निग्रोध महास्थविर, आइबिसिका महासचिव रिपोंछे जगछुप छोदेन, श्रीलङ्काका राजदूत चमेरा रुवाङ्गी मुनासिङ्गे, थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, म्यानमारका राजदूत म्युम्युन्ट माउङ, भिक्षु बजिरा, उपासक वाङमो डिक्सिले मन्तव्य राख्दै लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिप्रियहरूको पवित्रस्थल भएकाले त्रिपिटक पाठले बुद्धको उपदेश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको सङ्ग्रहित ग्रन्थका रूपमा त्रिपिटकलाई लिइन्छ । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी तीन ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो ।

हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभावअनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ । यही फागुन २५ गतेसम्म मायादेवी मन्दिर परिसरमा बिहान ७ः३० देखि अपराह्न ५ बजेसम्म त्रिपिटक पाठ वाचन हुने प्रचारप्रसार संयोजक भिक्षु विमलो स्थवीरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज