Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पोषण अवस्था सुधारका लागि पोषिलो खाना प्रदर्शनी

Author Avatar साझा न्यूज 11th March 2025 , 3:22 PM

साझा न्यूज । कपिलवस्तु
समुदाय स्तरमा कुपोषणको अन्त्य गरी पोषणको अवस्था सुधार गर्नका लागि शुद्धोधन गाउंपालिकाको लबनीमा खाद्य प्रणालीको पोषिलो खाना प्रदर्शनी मेला २०८१ सम्पन्न गरिएको छ । डब्लु.एच.एच.को आर्थिक सहयोगमा संचालित सुधारिएको खाद्य प्रणाली परियोजना अन्र्तगत कालिका स्वावलम्वन सामाजिक केन्द्र र फर्वाड नेपालको समन्वय तथा शुद्धोधन गाउंपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रदर्शनीमा पोषणमूलक विभिन्न खाले २२ वटा स्टलहरु राखिएका थिए । पोषण वगैचामा उत्पादन गर्न सकिने तरकारी तथा फलफुल, स्थानीय पोषणयुक्त खानाका परिकार, दुधजन्य उत्पादन, स्थानीय कृषि उत्पादन र स्वस्थ्य सेवा सामाग्री प्रदर्शन गरिएको थियो ।
कालानमक चामलको खीर, कोदोको सेल रोटी, ढिकरी, फारा, कर्कलोको पकौडा, गुलगुला, सातु, भेली, रामदानाको लड्डु लगायतका स्थानीय पोषिलो खानाका परिकारहरु स्टलमा राखिएका थिए । स्टलमा जैविक विषदी बनाउने उपाय, माछा र कुखुरा पालन बारेमा पनि प्रदर्शनी गरिएको थियो ।

समुदाय स्तरमा देखिएको कुपोषणको भयानक अवस्थाको सुधारका लागि स्थानीय सामाग्रीको उत्पादन र उपभोग गरी गाउं घरमै पोषिलो खानेकुरा तयार गर्न सकिने सन्देश प्रवाह गर्न प्रदर्शनीको आयोजना गरिएको सुधारिएको खाद्य प्रणाली परियोजनाकी कार्यक्रम संयोजक कमला सापकोटाले बताईन् ।

पोषिलो खाना प्रदर्शनी मेलाको सहआयोजकको रुपमा स्थानीय संस्थाहरु जनकल्याण युवा क्लब, शुद्धोधन किशोर किशोरी संजाल र शुद्धोधन युवा क्लब रहेका थिए । सो अवसरमा परियोजनाले गठन गरेका शुद्धोधन गाउंपालिकाका विभिन्न वडाहरुका २२ वटा समूहका सदस्यहरु, अगुवा कृषक, स्थानीय सर्वसाधारण लगायत ५ सय बढीले मेलाको अवलोकन गरेको सुधारिएको खाद्य प्रणाली परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्सालले बताए ।

प्रदर्शनी मेलामा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले आम सर्वसाधारणमा पोषण स्वास्थ्य सम्वन्धी सचेतना र पोषणयुक्त आनीवानीको विकास गर्न सके मात्रै जिल्लामा पोषणको अवस्थामा सुधार आउन सक्ने बताए । सो प्रदर्शनीको अवलोकन गर्दै लुम्विनी प्रदेश सभा सदस्य मधु सुदन शरण चौधरीले गाउंघरमै हुने पोषिलो खाद्य वस्तुको पहिचान र यसको प्रयोगमा बढावा दिन यस्ता प्रदर्शनीहरु निकै फलदायी हुनेमा जोड दिए ।

कार्यक्रममा शुद्धोधन गाउंपालिका प्रमुख कमलेश शरण चौधरीले घर घरमा पोषण स्वास्थ्य सन्देश पुर्याएर आफ्नो पालिकाका नागरिकहरुलाई पोषणयुक्त बनाउन आफुले पालिका स्तरबाट गर्न सक्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज