Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर

Author Avatar साझा न्यूज 11th March 2025 , 7:52 PM
कपिलवस्तुमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर

कपिलवस्तु फागुन २७ । रेबजि रोग र भुसिया कुकुरको नियन्त्रणका लागि कपिलवस्तुको तौलिहवामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरिएको छ । वाईसिएसए नेपालको प्राबिधिक सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको अयोजनामा शिविर सुरु गरिएको हो । केन्द्रको अगुवाईमा यो अभियान जिल्लामा दोश्रो पटक गरिएको हो ।
जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्मीले ब्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्दै शिबिरले कुकुरका कारण हुने रेबिज रोगको नियन्त्रणका लागि भुमिका खेल्ने बताए । उनले यस्तो अभियान सबै पालिकाहरुले गर्नु पर्नेमा जोड दिदै रेबिज रोग बिरुद्धको भ्रम चिर्नका लागि समेत जन चेतना फैलाउन जरुरी रहेको बताए । ‘ केन्द्रले जिल्लामो अभियान आफैमा महत्वपुर्ण छ, यो अयिभान सबै पालिकाले गर्न जरुरी छ ’ उनले भने ।
केन्द्रका प्रमुख डाक्टर प्रबेज आलमले सरकारले रेबिज रोगलाई सन २०३० भित्र उन्मुलन गर्ने योजना अनुसार अभियान संचालन गरिएको बताए । ‘ रेबिज रोग र ककुरहरुको संख्या नियन्त्रणकालागि अभियान संचालन गरेका हौ ’ उनले भने । बन्ध्याकरण पछि कुकुरको संख्या नियन्त्रणमा आउने, कुकुरहरु आक्रमक नहुने भएकाले यो अभियान चलाइएको बताए । कुकरको संख्या घटे भने दुर्घटना समेत क मगर्न मद्दत मिल्ने उनले बताए । अभियानमा तौलिहवामा रहेका १ सय ३० कुकुरको बन्ध्याकरण पछि रेबिज बिरुद्ध सुइ लगाइने उनले बताए ।
तौलिहवा बजार र केन्द्रका आसपासमा रहेको ककुुरहरु संकलन गरी बन्याकरण सुरु गरिएको हो । वाईसिएसए नेपालका डाक्टर बिरेन्द्र श्रेष्ठको नेतृत्वमा रहेकोे टोलीले संकलन र बन्ध्याकरणको काम जारी राखेको छन । संकलन गरिएका कुकुरलाई बेहोस पारेर भाले र पोथी दुबैको बन्ध्याकरण गरिएको छ । बन्ध्याकरण गरिएका कुकुरको देब्रे कानमा निशान समेत लगाइएको छ ।
डाक्टर श्रेष्ठले रेबिज बारे धेरैलाई जानकारी नहुदा समाजका यो रोग बारे धेरै भ्रमहरु रहेकोले जन चेतनाको काम फैलाउनु पर्ने बताए । ‘ रेबिज रोग बिरुद्ध जानकारी नभै कुकुर पाल्नेको संख्या धेरै छ, त्यसले यस बार बेलैमा सचेत हुन पर्छ ’ उनले भने । डाक्टर आलमको अध्यक्षता कार्यक्रम भएको थियो । अभियान २ दिन सम्म चल्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज