Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

होली पर्वमा मदिराजन्य पसल वन्द गर्न स्थानीय प्रशासनको निर्देशन प्रति मदिरा व्यवसायीहरुकाे विरोध

सराेकारवाला अगुवा व्यवसायी नेताहरू मौन

Author Avatar साझा न्यूज 14th March 2025 , 12:05 AM
होली पर्वमा मदिराजन्य पसल वन्द गर्न स्थानीय प्रशासनको निर्देशन प्रति मदिरा व्यवसायीहरुकाे विरोध

साझा न्यूज । कपिलवस्तु
होली पर्वको दिन शुक्रवार कपिलवस्तु जिल्ला भर मदिरा विक्री वितरणमा रोक लगाउने स्थानीय प्रशासनको निर्णय प्रति मदिरा व्यवसायीहरुले विरोध जनाएका छन् । होली पर्वको दिन ईस्लाम धर्मावलम्बीहरुको शुक्रवार नमाज समेत रहने भएकाले जिल्ला भर सो दिन मदिरा बेचविखन नगर्न नगराउन भनी जिल्ला प्रशासन कार्यालयले आदेश गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले शुक्रवार मुस्लिम समुदायको रमजान पर्व अन्र्तगत सामुहिक प्रार्थनाको दिनमा हिन्दु हरुले मनाउने फागु पुर्णिमा पर्व समेत पर्न गएको हुदा शुक्रवारका दिन जिल्ला भित्र मदिरा विक्री वितरण नगर्ने गरी व्यवस्था मिलाउन जिल्लाका सवै उद्योग वाणिज्य संघ, सवै चेम्वर अफ कर्मश, सवै उद्योग व्यापार संघ र होटल तथा पर्यटन व्यवसायी संघलाई आग्रह गरेका छन् ।

स्थानीय प्रशासनले गरेको यो निर्णय प्रति आफुहरुको घोर आपत्ति रहेको मदिरा व्यवसायी संघका जिल्ला अध्यक्ष कुल चन्द्र सिग्देलले बताए । जहिले पनि चाडपर्वका बेला पसल वन्द गर्न लगाउंदा आफुहरुको व्यवसाय धरापमा परेको अध्यक्ष सिग्देलले गुनासो गरे ।

अन्य जिल्लामा खुला रहने मदिरा पसललाई कपिलवस्तु जिल्लामा मात्र विक्रि वितरणमा रोक लगाउंनु, हामी माथिको विभेद हो, अध्यक्ष सिग्देलले भने, जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको यो निर्णयको स्थानीय व्यवसायीहरुले तिव्र विरोध जनाएका छन् ।

चाड पर्वका बेला आफ्ना व्यवसाय फस्टाउने आशमा जिल्लाका मदिरा व्यवसायीहरु थिए । तर होटल तथा रेष्टुरेन्टमा मदिराजन्य पेय पदार्थ विक्री गर्न नपाउंदा उनीहरु दुखी बनेका छन् ।

शान्ति सुरक्षा कायम गर्न अपनाउनु पर्ने अन्य सुरक्षाका कामहरु गर्न छोडेर स्थानीय प्रशासनले मदिराजन्य वस्तु विक्री वितरणमा रोक लगाउनु स्थानीय प्रशासनका लाचारीपूर्ण कदम रहेको तौलिहवाका मदिरा व्यवसायी देवी प्रसाद वर्माले बताए ।

स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न सकिने अन्य विकल्पहरु हुदा हुदै मदिराजन्य पसलहरु बन्द गर्न खोज्नु अदुरदर्शी तथा कांचो निर्णय रहेको जिल्लाका अगुवा अधिकारकर्मीहरुले पनि बताएका छन् ।

छिमेकी जिल्ला रुपन्देही लगायत अन्य जिल्लाहरुमा भने होली पर्वको अवसरमा मदिराजन्य विक्री वितरण गर्न कुनै रोक लगाईएको छैन । बरु सडक सुरक्षा चेकजांच, मादक पदार्थ सेवन चेकजांच लगायतका गतिविधीहरुलाई सक्रिय बनाउनु पर्ने स्थानीय व्यवसायीहरुको माग रहेको छ ।

उद्योग वाणिज्य संघ र चेम्वर अफ कमर्श पनि मौन

चाड पर्वको बेला मदिरा विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको प्रति उद्योगी व्यवसायीहरुको नेतृत्वदायी संस्था उद्योग वाणिज्य संघ र चेम्वर अफ कमर्श मौन बसेका छन् ।

चाड पर्वका बेला हुन सक्ने अश्रृंखल गतिविधी रोक्न अपाउन सकिने अन्य बैकल्पिक व्यवस्था हुदा हुदै पनि मदिराजन्य पसल वन्द गराउनु आम व्यवसायीहरु प्रतिको प्रशासनिक हस्तक्षेप रहेको तौलिहवा उद्योग वाणिज्य संघका पुर्व महासचिव अर्जुन चापागाईले बताए ।

यस सम्वन्धमा व्यवसायीका नेतृत्वदायी संस्थाहरु बोल्नु पर्छ तर सव मौन छन्, पुर्व महासचिव चपागाईले भने, “अन्त शुल्क नियम अनुसार राज्यले दिएको अनुमतिको प्रयोग गरी निर्वाद रुपमा व्यवसाय संचालन गर्न व्यवसायीहरुलाई सुझाव दिएका छन् ।”

स्थानीय प्रशासनको यस्तो निर्णय प्रति मौन समर्थन जनाउने उद्योग वाणिज्य संघ र चेम्वर अफ कमर्सका नेतृत्व प्रति मदिरा व्यवसायीहरु घोर असन्तुष्टि जनाएका छन् । आफुहरुको समस्या प्रति उद्योग वाणिज्य संघ र चेम्वर अफ कमर्श बोल्दैन भने, यसको औचित्य पनि आफुमा नरहेको तौलिहवा क्षेत्रका एक व्यवसायीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज