कपिलवस्तु – गैरसरकारी संस्था महासंघ नेपालले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। फागुन २६ र २७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशन तथा ३० औं वार्षिक साधारणसभाले अर्जुन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। महासंघको केन्द्रीय उपाध्यक्षमा कपिलवस्तुका संजय लम्साल निर्विरोध चयन भएका छन्।
जिल्लाकै अग्रणी सामाजिक संस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्रका पूर्व अध्यक्ष लम्साल यसअघि कपिलवस्तु नगरपालिकाको वरिष्ठ सामाजिक विकास सल्लाहकारको भूमिका समेत निभाइसकेका छन्। साथै, उनी श्री बुद्धपद्ध माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष समेत हुन्।
नयाँ नेतृत्वमा को को ?
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा चयन भएकी छन्। लम्सालसँगै राजेन्द्र शर्मा उपाध्यक्ष बनेका छन्।
महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा तथा कोषाध्यक्षमा गोविन्द शाही चयन भएका छन्। सातै प्रदेशबाट एक/एक जना सचिव चयन भएका छन्। उनीहरूमा नमस्कार शाह, सरिता आङदेम्बे, रामचन्द्र साह, बुद्धशरण लामा, राजेन्द्रप्रसाद पौडेल, जजराज शाही र सावित्रा घिमिरे (बिक) रहेका छन्।
केन्द्रीय सदस्यहरूको सूचीमा ध्रुवप्रसाद देव, धर्मलाल रोकाय, लक्ष्मीकुमारी सिंह, धिरा खत्री, विजयकुमार प्रधान, धीरेन्द्रबहादुर सिंह, शोभा खानाल, बालकृष्ण ओझा, रघुबहादुर कठायत, हिरासिंह थापा, सुमन परियार, शिवप्रसाद शर्मा, नागेन्द्र दुबे, गौरा नेपाली, गंगा तामाङ, थिरबहादुर थापामगर, ठाकुरप्रसाद लोहागुन, शिशिर खनाललगायत रहेका छन्।
प्रदेशस्तरमा पनि नयाँ टोली
महासंघले सातै प्रदेशका इन्चार्ज तथा सह-इन्चार्जसमेत तोकेको छ। कोशी प्रदेशमा लखनलाल शाह र सिर्जना पौडेल, मधेश प्रदेशमा यादव सरकार र रुबि मिश्रा, बागमती प्रदेशमा पहलमान श्रेष्ठ र पार्वती घिमिरे, गण्डकी प्रदेशमा गोपाल खड्का र फुलमाया राना, लुम्बिनी प्रदेशमा रीमा बिसी र ठाकुर घिमिरे, कर्णाली प्रदेशमा विष्णुदेवी रावल र कल्पना रावल तथा सुदूरपश्चिम प्रदेशमा प्रेमबहादुर महर र कौशिला चौधरी रहेका छन्। महासंघले रिक्त रहेका तीन केन्द्रीय सदस्य आगामी दिनमा चयन गर्ने जनाएको छ।
















































