Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राम कथा महायज्ञको तयारी तिव्र

Author Avatar साझा न्यूज 27th March 2025 , 6:59 PM
राम कथा महायज्ञको तयारी तिव्र

साझा न्यूज । कपिलवस्तु
तौलिहवा क्षेत्रमा पहिलो पटक आयोजना गर्न लागिएको राम कथा ज्ञान महायज्ञ २०८१ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आईतवारबाट शुरु गर्न लागिएको महायज्ञका लागि यज्ञ मण्डप निर्माण, कलश यात्राको तयारी, कथा वाचनका लागि स्टेज, कथा श्रवण स्थल लगायतका सम्पुर्ण तयारीहरु अन्तिम चरणमा पुगेकाे राम कथा ज्ञान महायज्ञ आयोजना मुल समितिका अध्यक्ष विरेन्द्र चौधरीले बताए ।

महायज्ञ शुभारम्भ गर्नका लागि आईतवार विहान ११ बजे १ हजार ८ वटा माटो र तामाको कलश सहितको यात्रा वाणगंगा नदीको रामघाटबाट जल भरेर तौलिहवा बजार परिक्रमा गरी यज्ञ मण्डपमा राखिने कलश यात्रा कार्यक्रमकी संयोजक सविता श्रेष्ठले बताईन् ।

९ दिन सम्म संचालन गरिने राम कथा ज्ञान महायज्ञका लागि कुल करीब ४० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । महा यज्ञ सम्पन्न गर्न स्थानीय सनातनी धर्मावलम्वीहरु संग स्वेच्छिक चन्दा संकलन गरिएको छ ।

सनातन धर्म संस्कृति जगेर्नाका लागि गर्न लागिएको महायज्ञमा आफुले सक्दो सहयोग गर्ने शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरीले बताए । महायज्ञ आयोजना स्थल तौलिहवा स्थित खेलमैदानमा पुगेका गाउंपालिका प्रमुख चौधरीले साझा न्यूजसंग कुरा गर्दै धर्म संस्कृति रक्षाका लागि संचालन गरिने यस्ता कार्यक्रमहरुलाई सवै क्षेत्रबाट सहयोग गर्नु पर्नेमा जोड दिएका छ ।

महायज्ञमा आचार्य पण्डित रमोज वत्स जी महाराजले कथा बाचन गर्नेछन् । महायज्ञ अवधिमा विभिन्न खाले झांकी तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरिने आयोजक समितिका अमेरिका प्रसाद चौधरीले बताए ।

महायज्ञलाई भव्यताका साथ सम्पन्न गराउन सवै क्षेत्रबाट सहयोग गर्न लुम्विनी प्रदेश सभा सदस्यहरु सुधाकर पाण्डेय र मधुसुदन शरण चौधरीले आआफ्ना क्षेत्रका सर्वसाधारणहरुलाई आग्रह समेत गरेका छन् । तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले तौलिहवा क्षेत्रका उद्योगी व्यवसायीहरुलाई महायज्ञ प्रति अफनत्व ग्रहण गर्न आह्वान गरेका छन् ।

महायज्ञमा कपिलवस्तु जिल्लाको साथै छिमेकी राष्ट् भारतका सीमावर्ती गाउंहरुबाट पनि कथा श्रवण गर्न र पुजाआजा गर्न आउने अनुमान गरिएको आयोजक समितिका गणेश लाल कर्णले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज