Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजा सबैको साझा नभै गणतन्त्र सबैको साझा ः महामन्त्री शर्मा

Author Avatar साझा न्यूज 10th April 2025 , 8:34 PM
राजा सबैको साझा नभै गणतन्त्र सबैको साझा ः महामन्त्री शर्मा

कपिलवस्तु, चैत २८ गते । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले राजा सबैको साझा नभै गणतन्त्र सबैको साझा भएको बताएका छन । अहिले हजारौ राजा राख्नु भन्दा एउटै राजा भएको राम्रो भन्ने असंतुष्टीको आवाज उठीरहेको भन्दै गणतन्त्र नै साझा फुलवारी भएको बताए ।
कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ को मायादेबी गाउपालिकाको ६ डुमरामा राखिएको क्षेत्रीय सम्मेलनमा उनले सो कुरा बताएका हुन । ‘राजा सबैको साझा होईन, गणतन्त्र सबैको साझा हो’ उनले भने ‘थारु, म्स्लिम गुरुङ राई तामाङ लागायतका सबै जातजातिहरु गणतन्त्रमा अटाएका छन, मधेसीको छोरा राष्ट्रपति बनेको छ, महिला राष्ट्रपति बनेका छन’ उनल भने ‘राजा नमरुन्जले रिटायर हृुदैन, उनी पछि उनको छोरा, नाति यहीक्रमले शासन गरी रहनेछन’ ।
उनले गणतन्त्रमा दल र नेताको कमजोरीले अहिले जनतामा असंतुष्टी देखिएको यो असंतुष्टीलाई निराशा भन्न नमिल्ने उनले बताए । राजतन्त्र आए भने विकास हुन्छ भन्ने भ्रम फैलाइएको उनले बताए । उनले सुशासन, विकास लागायतका कुराहरुमा केही कमजोरी र त्रुटी भएको दल नेताले स्विकार गरी त्यसलाई सुधार गरेर लैजानु पर्ने उनले बताए ।
उनले गणतन्त्रमाथी अहिले प्रहार गर्नै खोजिएकोे भन्दै गणतन्त्र ब्यवस्थामा अब नयाढंगले काम गर्नु पर्ने बताए । उनले अहिले नेपालको अर्थतन्त्र सुधारको अवस्थामा रहेकोले विकासका थुप्रै संभावना समेत देखिएको बताए । गणतन्त्र आएको करिब २० बर्षमा धेरै उपलब्धी हासिल भए पनि दल र नेताको कमजोरीका कारण असंतुष्टीको स्वर देखिएको उनले बताए ।
उनले सरकारलाई स्थिर बनाउन प्रत्यक्ष निर्वाचन प्रणाली बनाई ५ बर्ष टिक्ने सरकार बनाउनु पर्ने बताए । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री २ कार्यकाल, मन्त्री ३ कार्यकाल र सांसद चार कार्यकाल भन्दा बन्न नपाईने गरी सबै दलले प्रतिबद्धता गर्नु पर्ने बताए ।
शिक्षकहरुको बिधेयक अब बैशाखमा बस्ने सांसदहरुको पहिलो बैठकमा टेबल हुने बताए । उनले संसदीय समितिमा शिक्षा बिधेयक पुगी सकेको भन्दै सबै दलले अरुलाई दोष नललाई जिम्मेवारी ढंगले प्रस्तुत हुनु पर्ने बताए । उनले शिक्षा बिधेयकका बिषयमा कांग्रेसले अभिभावकीय जिम्मेवारी लिने बताए ।
उनले युवाहरुको बिदेश पालायन तत्कालै रोक्न नसकिने भन्दै उनले यसका लागि ढेड दशकको योजना बनाउनु पर्ने बताए । उनले कांग्रेसको महाधिबेशन २०८३ भदौ भित्र हुने दाबी समेत गरे । सबै भन्दा ठुलो लोकतान्त्रिक पाटीले समय मै महाधिबेशन गर्नु पर्ने उनले बताए ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री फरमुल्हा मन्सुरीले अहिले गणतन्त्रमा केही नभएको भन्दै गलत प्रचार गर्न खोजिएको बताए । उनले गणतन्त्रको उपलब्धीलाई सबै मिलेर रक्षा गर्नु पर्ने बताए ।
पार्टीका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन खोजिएको भन्दै यो ब्यवस्थालाई सबै मिलेर संस्थागत गर्नु पर्ने बताए । पार्टी लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पार्टीलाई बिधि बिधानबाट चलाएर जनातको बिश्वास जित्नु पर्ने गरी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा पार्टीका योगदान दिएका २० पाका नेताहरुलाइ. सम्मानित समेत गरिएको थियो । क्षेत्रीय सभापति अब्दुल मन्नान खाँको अध्यक्षता र कृष्ण बहादुर चौधरीको संचालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, नेतृ निमा गिरी, पार्टी जिल्ला सभापति अब्दुल कलाम खा, पुर्व पार्टी जिल्ला सभापति राजेश आचार्य, बिरेन्द्र कनौडिया लागयतका दुई दजन नेताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघकाे साधारण सभा 

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघकाे साधारण सभा 

भर्खरै प्रकाशित

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज