Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा स्थानिय तहको अख्तियारका २ सय ८० उजुरी

Author Avatar साझा न्यूज 9th May 2025 , 9:54 PM
कपिलवस्तुमा स्थानिय तहको अख्तियारका २ सय ८० उजुरी

कपिलबस्तु, बैशाख २६ गते । अख्तियार दुरुपायोग अनुसंधान आयोगमा चालु आर्थिक बर्षको साउन देखि चैत महिना सम्म कपिलवस्तुका २ सय ८० उजुरी परेका छन । अख्तियार दुरुपायोग अनुसंधान आयोगको कार्यालय बुटवलद्वारा कपिलवस्तुको तौलिहवामा आयोजित भष्ट्राचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो ।


संघीय, प्रदेश र स्थानीय तह गरी सो उजुरी परेको हो । आयोगकी बुटवल स्थित कार्यालयकी प्रमुख बिनिता भट्टराईले आफ्नो कार्यक्षेत्रमा पर्ने लुम्बिनी प्रदेशका नौ जिल्लामा कुल १ हजार ४८ उजुरी परेको बताउनुभयो ।


सबै भन्दा बढी कपिलवस्तु नगरपालिकाका ६१, कृष्णनगरका ५९, बुद्धभुमि नगरपालिकाको, मायादेबी र यशोधरा गाउपालिकाका ३१÷३१, बाणगंगा नगरपालिका १७, शुद्धोधन १६, ,बिजयनगर १४, महाराजगंज नगरपालिका ११ र शिवराज नगरपालिकाका ९ उजुरी परेको छ ।

उजुरी परेका मध्ये १ सय ३० को बिस्तृत अनुसंधान प्रकृया अघि बढाइएको र त्यस मध्ये ७० वटाको अनुसंधान संपन्न गरिएको भट्टराईको भनाई छ ।


सो अवसरमा आयोगका आयुक्त किशोर कुमार सिलवालले अख्तियारमा उजुरी पर्ने बित्तिकै सबै सकियो भन्ने भ्रम हटाउनु पर्ने बताउनुभयो । उजुरीको क्रममा बोलाउनु भनेको सफाईका लागि मौका दिएको बुझ्नु पर्ने उहाँको भनाई छ । सधै उजुरीले नराम्रो गर्ने मात्र होईन केहीले राम्रो समेत गर्ने उहाँले बताउनुभयो ।


सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले कपिलवस्तुमा आफैले सहमति गर्ने अनी उसैले अख्तियारमा उजुरी गर्नै प्रबृत्ति बढेको बताउनुभयो । उहाँले केहीले दुःख दिनैका लागि समेत उजुरी दिने गरेको बताउनुभयो । अख्तियारले समेत यस्ता प्रबृत्तिलाई निरुत्साहीत गर्नु पर्ने उहाँको भनाई छ ।


त्यस्तै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले आफ्नो पालिकामा अनावश्यक अख्तियारमा उजुरी परेकोले कर्मचारीको मनोबल खस्किएको बताउनुभयो । उहाँले अहिले सम्म दिएको उजुरीमा कोही पनि दोषी नदेखिएकाले समेत यो दुःख दिने नियतले नै गरिएको भन्ने प्रस्ट भएको बताउनुभयो । दुःख दिने नियतले गरिएको उजुरीका बिषयमा अख्तियारले ध्यान दिनु पर्ने उहाँको भनाई छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पारदर्शी, जिम्मेवारी र बिधि अनुसार काम गर्नु पर्ने बताउनुभयो । ब्यक्ति केन्द्रित र आफुलाई नै साध्य मानेर काम गर्ने प्रबत्तिले गर्दा भ्रष्ट्रचार बढेको उहाँको दाबी छ । आफुले भ्रष्टाचार गरे पनि दुधको धोएको जस्तो देखिने र अरुलाई भष्ट्राचरी देख्ने चलन बढेकोले समते समस्या आउने गरेको उहाँको भनाई छ । उहाँले कानुनले निषेधित गरेका काम गर्न नहुने बताउनुभयो ।


कार्यक्रममा १४ जनाले बिभिन्न जिज्ञासा राखेका थिए । आयोगका सह सचिव रमेश कुमार केसीले जिज्ञासाका बिषयमा सुझाव दिएका थिए । कार्यक्रममा महराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँ, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाण्ी अर्याल, मायादेबी गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमान, विभिन्न कार्यालयका प्रमुख, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

भर्खरै प्रकाशित

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज