Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

Author Avatar साझा न्यूज 10th May 2025 , 6:57 PM
एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

लुम्बिनी, बैशाख २७ गते । २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ एक करोड बजेट खर्च गरेर विविध कार्यक्रम गरी मनाइने भएको छ । लुम्बिनी विकास कोषले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन लागेको आयोजित पत्रकार सम्मेलनबाट जानकारी दिएको हो ।
कोषले बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ देखि ३० गतेसम्म गरिने कार्यक्रमहरूबारे जानकारी गराएको हो । कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले वैशाख २८, २९ र ३० गते तीन दिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताए ।
तीन दिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुने लामाले बताए । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको लामाले बताए । गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।
२५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उड्डायन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ ।
अन्य समितिहरुमा ३० सदस्यीय सल्लाहकार समिति, कोषका उपाध्यक्ष एवं संविधान सभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति, कोषाध्यक्ष दुण्डिराज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार र रामग्राम देवदह समन्वय उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा व्यावस्था तथा स्वयम् सेवक व्यावस्था उपसमिति बनेको कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।
वैशाष २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने कोषका कोषाध्यक्ष एवं प्रचार संयोजक भट्टराईले बताए ।
विशेष ममारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय तथा प्रदेश मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा, र प्रदेशसभा सदस्यज्यूहरु सहित उच्चस्तरीय पदाधिकारी, कुटनितिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने उनले बताए ।
तीन दिने कार्यक्रम अन्तर्गत वैशाख २८गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ भने वैशाष २९ गते विहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, विहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।
यसका साथै वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइँने उनले बताए ।
यस्तै बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।
बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका सहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न लुम्बिनी विकास कोषले अपिल गरेको छ ।
बुद्धजयन्तीको भोलीपल्ट वैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिने कोषका वरिष्ठ सूचना अधिकारी डा हरिध्वज राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

कृषि क्षेत्रलाई बढावा दिन कपिलवस्तु नगरपालिका ८ ले दयाे कृषकलाई स्प्रेयर ट्यांकी

कृषि क्षेत्रलाई बढावा दिन कपिलवस्तु नगरपालिका ८ ले दयाे कृषकलाई स्प्रेयर ट्यांकी

सशस्त्र प्रहरी बल बीओपी मर्यादपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सशस्त्र प्रहरी बल बीओपी मर्यादपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कपिलवस्तु जिल्लालाई पूर्णखोप सुनिश्चितता तथ दिगोपना घोषणा

कपिलवस्तु जिल्लालाई पूर्णखोप सुनिश्चितता तथ दिगोपना घोषणा

सूचना प्रविधिको विकासमा तीन तहको सरकारबिच सहकार्य जरुरी : मन्त्री गुरुङ

सूचना प्रविधिको विकासमा तीन तहको सरकारबिच सहकार्य जरुरी : मन्त्री गुरुङ

भर्खरै प्रकाशित

१६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

१६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

कृषि क्षेत्रलाई बढावा दिन कपिलवस्तु नगरपालिका ८ ले दयाे कृषकलाई स्प्रेयर ट्यांकी

कृषि क्षेत्रलाई बढावा दिन कपिलवस्तु नगरपालिका ८ ले दयाे कृषकलाई स्प्रेयर ट्यांकी

टोल विकास संस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

टोल विकास संस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज