हुम्ला- साक्षरता हाम्रो गौरव,साक्षर जिल्ला हाम्रो उपब्धी नाराका साथ नेपालको ६७ औ कर्णाली प्रदेशको ८ औ साक्षर हुम्ला जिल्ला घोषणा भएको छ। ०७६ राष्ट्रिय मापदण्डअनुसार देशको ६७ औ साक्षर जिल्ला हुम्ला घोषणा गरिएको हो।
१५ देखि ६० उमेरका नागरिकहरूको साक्षरता ९७ दशमलव ०४ प्रतिशत मापदण्ड पूरा भएपछि देशको ६७ औ र कर्णाली प्रदेशको ८ औ जिल्ला हुम्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका कार्यालय प्रमुख याेगेश आलेमगले जानकारी दिनुभयो।
सात वटै गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएसँगै हुम्ला पनि साक्षर जिल्ला घोषणा भएको प्रमुख आले मगरले बताउनुभयो। १५ वर्षमाथी जिल्लाको ३५” हजार ३५४ मध्ये ३३ हजार ९५४ जनसङ्ख्या साक्षर भएको आले मगरकाे भनाई छ।
जनसङ्ख्या १४ सय नागरिक निरक्षर रहेका छन्। कर्णाली प्रदेशको ८ औ जिल्ला हुम्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । भने कर्णाली प्रदेशका कालिकोट, र डोल्पा साक्षर जिल्ला घोषणा हुन बाँकी छन्।
















































