रमेश मिश्रा । साझा न्यूज
कपिलवस्तु, १२ जेठ । खाना पकाउने ग्यास सिलिण्डरबाट निस्केको आगोेले जलेर शुद्धोधन गाउंपालिका वडा नं. ५ जयनगरमा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ ।
शुद्धोधन गाउंपालिका वडा नं. ५ जय नगरका २५ वर्षीय शिव कुमार यादव र उनकी बहिनी १८ वर्षीय सोनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । आईतवार सांझ घरमा रहेको ग्यांस चुल्होमा खाना पकाउने क्रममा रेगुलेटर खोले पछि निस्केको आगोले गम्भीर घाईते भएका दाजु बहिनीको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक सोनम स्थानीय राष्ट्यि मा.वि.मुडफुटवा कक्षा १० मा अध्ययनरत थिईन् । सोेनमको निधनको दुखद खबर संगै विद्यालयले आज शोक विदा गरेको विद्यालयका प्रधानाध्यापक लाल चन्द पाण्डेयले बताए ।
















































