Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनीमा वडघर ऐन ल्याउने मुख्यमन्त्रीको प्रतिबद्धता

Author Avatar साझा न्यूज 28th May 2025 , 3:19 PM
लुम्बिनीमा वडघर ऐन ल्याउने मुख्यमन्त्रीको प्रतिबद्धता

देउखुरी, जेठ १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत सामाजिक संरचना वडघर प्रणालीलाई कानुनी मान्यता दिनेगरी वडघर ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

बाँके जिल्लाका थारू समुदायका प्रतिनिधिहरूसँग देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले ऐन निर्माणको प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले वडघर प्रणालीको महत्त्वप्रति सम्मान प्रकट गर्दै आवश्यक अध्ययन, परामर्श र विधिसम्मत प्रक्रिया पूरा गरी वडघर ऐन ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले समुदायको परम्परागत संरचनालाई आधुनिक शासन प्रणालीसँग जोड्दै समाजको समृद्ध र न्यायपूर्ण रूपान्तरणतर्फ सरकार अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

“थारू समुदायको कला, संस्कृति, भाषा र लिपिको संरक्षण तथा प्रवर्धनका लागि सरकारले विशेष प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो, “थारू समुदायको बाक्लो बसोवास रहेका जिल्लाहरूमा केन्द्रित कार्यक्रम ल्याएर पछाडि पारिएका समुदायलाई राज्यको मूलधारमा ल्याउने सरकारको स्पष्ट नीति छ ।”

छलफलका क्रममा बाँके जिल्लाको कोहलपुर नगरपालिकाका थारू समुदायका प्रतिनिधिहरूले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेस गर्दै, सामाजिक न्याय, सामूहिक निर्णय प्रक्रिया, मेलमिलाप र समृद्धिपूर्ण सहजीवनको अभ्यासको रूपमा रहेको वडघर प्रणालीलाई प्रदेश सरकारबाट संरक्षित, संस्थागत र सशक्त रूपमा अगाडि बढाउन माग गरेका छन् ।

ज्ञापनपत्रमा उल्लेख भए अनुसार वडघर प्रणाली समुदायमा शान्ति सुव्यवस्था, आपसी सहयोग, सामाजिक ऐक्यबद्धता र स्थानीय विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । पहिचान, परम्परा र सहभागितामूलक नेतृत्वको आधारमा गाउँस्तरीय वडघर समितिहरू सक्रिय रहँदै आएका छन् । अहिलेको चुनौती भनेको यस परम्परालाई राज्यका नीतिगत संरचनासँग जडान गर्दै दिगो रूपमा संरक्षण गर्नु रहेको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्रीले भने– राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त

भर्खरै प्रकाशित

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज