Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

Author Avatar साझा न्यूज 3rd June 2025 , 4:37 PM
मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

उलानबाटर, जेठ २० गते । मङ्गोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले सांसदहरूबीच विश्वास मत गुमाएपछि मङ्गलबार राजीनामा दिनुभएको संसदीय विज्ञप्तिमा बताइएको छ ।

राजधानी उलानबटारमा कथित भ्रष्टाचारविरुद्ध केही दिनको विरोध प्रदर्शनपछि गोप्य मतदान भएको हो ।

ओयुन–एर्डेन ३० दिनभित्र आफ्नो उत्तराधिकारी नियुक्त नभएसम्म कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहने विज्ञप्तिमा भनिएको छ ।

उत्तरी एसियाको भूपरिवेष्टित लोकतन्त्र मङ्गोलियाले दशकौँदेखि गहिरो भ्रष्टाचारसँग लड्दै आएको छ ।

देशका धनी अभिजात वर्गले सामान्य जनसङ्ख्याको खर्चमा वर्षौं लामो कोइला खानीको लाभ जम्मा गरिरहेको मुलुकका धेरै जना विश्वास गर्छन् ।

सन् २०२१ मा ओयुन–एर्डेनले सत्ता सम्हालेपछि ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार धारणा सूचकाङ्कमा मङ्गोलिया तल झरेको छ ।

देशले बारम्बार प्रदर्शन र अशान्ति देखेको छ र सयौँ युवा गत हप्ता उलानबटारमा उहाँको राजीनामाको माग गर्दै निस्केका थिए ।

सार्वजनिक आक्रोशलाई बढावा दिन प्रधानमन्त्री परिवारका सदस्यहरूले सार्वजनिक पैसामा निजामती सेवकले वहन गर्न सक्ने भन्दा धेरै विलासी जीवनशैलीको आनन्द लिइरहेका छन् भन्ने आरोप लगाइएको छ ।

गत महिना एएफपीलाई दिएको एक बयानमा प्रधानमन्त्रीको कार्यालयले आरोपहरूलाई ‘बदनामी’ भनेर वर्णन गर्दै ‘दृढतापूर्वक’ अस्वीकार गरेको बताएको थियो ।

अर्थतन्त्र र बढ्दो जीवनयात्राको लागतको चिन्ताले पनि अशान्तिलाई बढावा दिएको छ ।

गत वर्षको चुनावले ओयुन–एर्डेनको मङ्गोलियन पिपुल्स पार्टी ९एमपिपी० को बहुमतलाई उल्लेखनीय रूपमा घटाएपछि मङ्गोलियामा तीन पक्षीय गठबन्धन सरकारले शासन गरेको छ ।

तर एमपिपीले गत महिना दोस्रो ठूलो समूह, डेमोक्रेटिक पार्टी (डिपी) का केही युवा सांसदहरूले ओयुन–एर्डेनको राजीनामा आह्वानलाई समर्थन गरेपछि डिपीलाई गठबन्धन सम्झौताबाट निष्कासन गर्‍यो ।

यस कदमले देशको राजनीतिक दृश्यलाई थप अनिश्चितामा धकेल्यो । करिब ८२ सांसदले गोप्य मतदानमा भाग लिएका थिए, जसमा ४४ जनाले ओयुन–एर्डेनमा विश्वास राख्नको पक्षमा र ३८ जनाले विपक्षमा मत दिएका थिए ।

मतदानले एक सय २६ सीट भएको संसद्बाट आवश्यक ६४ मतको थ्रेसहोल्ड पुग्न नसकेपछि ओयुन–एर्डेनलाई पद छोड्न बाध्य बनायो ।  रासस, एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

भर्खरै प्रकाशित

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज