तौलिहवा । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. २ र वडा नं. ४ स्थित दुई पेट्रोल पम्प सिल गरिएको छ ।
कपिलबस्तुका सहायक प्रजिअ पदम लामिछानेका अनुसार कम नाप तौल देखिए पछि कपिलवस्तु नगरपालिका भित्र रहेका उमा ट्रेडिग र ओझा पेट्रोलमा सिलबन्दी गरिएको बताउनुभयो ।
सहायक प्रजिअ पदम लामिछानेको अगुवाइ र गुणस्तर तथा नाप तौल कार्यालय बुटवलको टोलीले सो सिलबन्दी गरेको हो । २ पेट्रोल पम्प धनीलाई ३ दिन भित्र बुटवल हाजिर हुन निर्देशन समेत दिइएको छ । ४ पेट्रोल पम्प्को निरीक्षण गरिएको थियो ।
















































