Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साउदीको जेलमा ५ सय ४४ नेपाली, अधिकांश मदिरा प्रयोगकर्ता

Author Avatar साझा न्यूज 15th June 2025 , 12:12 PM
साउदीको जेलमा ५ सय ४४ नेपाली, अधिकांश मदिरा प्रयोगकर्ता

साउदी : वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ५ सय ४४  नेपाली जेल परेका छन्। साउदीको  कानुनविपरीत गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ५ सय ४४ जना नेपाली जेल परेका हुन् । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन् ।

साउदीमा हालसम्म मदिरा सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय रुपमा  हेरिन्छ। साउदीस्थित नेपाली दूतावासका  श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार  अनुसार ५ सय ४४ जना नेपाली विभिन्न कारणले  जेलमा रहेको बताए ।

उनका अनुसार ३ सय ४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा , ८४  जना लागु‍औषध ओसारपसार , ५३  जना  चोरी  मुद्दामा,बेश्यावृतीमा १२  जना , तोडफोडमा १६  जना, घुसखोरीमा १५ जना ,हत्यामा ४ जना, नियम उल्लङ्घनमा ७  जना, अन्य गतिविधिमा संलग्न रहेको आरोपमा १६  जना  जना जेल परेको बताए। जसमध्ये ३ सय ४१   जनालाई आधिकारिक रुपमा फैसला सुनाएर जेल चलान गरिएको छ भने २ सय ३  जनाको फैसला आउन बाँकी रहेको छ ।

नेपाली राजदूत डा. नरेश बिक्रम ढकालले वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा कर्मथलो बनाएर कार्यरत नेपालीहरूले कानुनविपरीतका गतिविधि र साथीभाइको प्रलोभनमा परेर जेल चलान भएकोमा  दुःख व्यक्त गर्दै  यस्तो दुर्घटनाबाट बच्न नेपाली कामदार  स्वयं  सजक रहनुपर्ने बताए । साथै साउदीको नियम कानुन विपरित कार्य गर्दा  भोग्नुपर्ने सजाय र समस्याप्रति सबैलाई  सजग बनाउन नेपाली समुदायलाई आग्रह समेत गरेका छन्  ।

नेपाली दूतावासका अनुसार अवैधानिक रुपमा काम गर्ने नेपाली संख्या दैनिक रूपमा बढ्दो रहेको र त्यस्ता नेपालीलाई स्वदेश फिर्ता गराउने क्रममा हाल सम्म ३८ सय भन्दा बढि एक्जिट भिसा प्राप्त गरी सकेका छन्। दूतावासले श्रमिकहरूलाई कानुनी प्रक्रियाबारे जानकारी गराउँदै, समस्यामा परेमा तुरुन्तै दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै, दूतावासले साउदी अरबको कानुन र नियमहरूको पालना गर्न,मर्यादा र शिष्टाचारमा रही काम गर्न, र कुनै पनि अवैध क्रियाकलापमा संलग्न नहुन सुझाव समेत  दिएको छ ।

साउदी अरबमा कार्यरत नेपालीहरू कम्पनी छोडेर भाग्नुका धेरै कारणहरू छन्।  जसबाट मध्ये केही प्रमुख कारणहरू श्रम शोषण र खराब कार्य वातावरणको समस्या,कफाला प्रणालीको दुरुपयोग,मानसिक र शारीरिक तनाव,ठगी तथा गलत आश्वासन,राम्रो अवसरको खोजी,कानुनी प्रक्रियाबारे अज्ञानता आदि रहेको पाइन्छ।

साउदीमा लगभग चार लाख नेपाली कार्यरत रहेको अनुमान गरिन्छ  साथै रोजगारीका लागि यहाँ आउने नेपालीको संख्या  बढ्दो छ। पछिल्लो समय कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्नेको संख्या पनि बढ्दो छ   श्रम सम्झौताभन्दा बढी पैसाको लोभ गर्ने र जसरी पनि पैसा कमाउन कानुनविपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका पाइएको छ, समाचार अन्नपूर्ण पाेष्टमा प्रकाशित छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज