Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

Author Avatar साझा न्यूज 20th June 2025 , 8:15 PM
दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

नेपालगन्ज, असार ६ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा मात्रै बाँकेमा ४७ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जनाएको छ ।

अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका ४७ अभियुक्तलाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो  ।

उहाँले पक्राउ परेका फरार अभियुक्तबाट एक करोड आठ लाख ८४ हजार २५५ रुपियाँ राजस्व समेत सङ्कलन गरिएको पनि बताउनुभयो । अदालतले सजाय तोके पनि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने सरकारको नीति अनुसार अदालतमा बुझाइएको एसपी घर्तीमगरले बताउनुभयो ।

केही समयअघि जिल्लामा सुरु गरिएको फरारहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत हरेक महिना ५० जना जतिको हाराहारीमा फरारहरुलाई पक्राउ गर्ने कार्य भइरहेको जनाउँदै प्रहरी उपरीक्षक घर्तिमगरले सो अभियान निरन्तर जारी रहने जनाउनुभयो ।

उहाँले जेठ महिनामा ५२ लाख ३७ हजार ८८२ रुपियाँ बराबरको भन्सार छलीको अबैध सामानसहित चार वटा मोटरसाइकल, एक ई–रिक्सा र एउटा कार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाएको बताउनुभयो ।

यसैगरी, प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार १७५ वटा सवारी साधनलाई कारबाही गरी २५ लाख १२ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

एक महिनाको अवधिमा १०१ वटा मुद्दा दर्ता भएकोमा उजुरी परेका १०७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको एसपी घर्तीमगरले जानकारी दिनुभयो । उहाँले ४७ जना फरार अपराधीलाई पक्राउ गरी पाँच वर्ष तीन महिना कैद असुल उपर गरिएको पनि बताउनुभयो ।

लागु औषध दुर्व्यसन र ओसारपसारविरुद्ध कडा रूपमा प्रस्तुत भएको बाँके प्रहरीले ७३८ ग्राम ४७४ मिलिग्राम ब्राउनसुगर, ३०० मिलि लिटर कोरेक्स, १११ किलो गाँजा, तीन हजार सात ६० मिलिग्राम चरेश, ५० ट्याब्लेट ट्रामाडोल र ७० ट्याब्लेट नाइट्रोजेपामसहित ओसारपसार तथा सेवन गर्ने ३४ जनालाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज