साझा न्यूज । तौलिहवा
कपिलवस्तु नगरपालिका वडा नं. १ को सहयोगमा तौलिहवामा १ दिने निशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरबाट वडा नं. १ र आसपासका वडाहरुका १ सय १५ जना सर्वसाधारणले निशुल्क रुपमा मुटुको परीक्षण गरेर स्वास्थ्य सेवा लाभ प्राप्त गरेका छन् ।
शिविरमा मुटु स्वास्थ्य सम्बन्धी विभिन्न परीक्षणहरु ईसीजी, ईको, लिपिड प्रोफाइल, ब्लड सुगर टेस्ट, रक्तचाप मापन, लगायतका सम्पूर्ण परीक्षणहरू गरिएका थिए ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको वरिष्ठ मुटु रोग विशेषज्ञ डा.मजहर खानले सवै विरामीहरुको मुटुको कार्यहरुको बारेमा चेकजांच गरेका थिए ।
डा. मजहरको साथमा डा. खगेश्वर शाह, डा. जावेद अहमद खान, डा. जावेद अहमद लगायत अन्य चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको पनि सक्रिय सहभागिता रहेको थियो । मुटु सम्वन्धी चेकजांच सहज ढंगले जांच गराउन पाउंदा स्थानीय सर्वसाधारण निकै खुशी भएका छन् । 
वडा नं. १ को आफ्नो चालु आ.ब.२०८१।८२ को निति तथा कार्यक्रम एवं बजेटबाट सनलाईट सामाजिक विकास केन्द्रको आयोजनामा निशुल्क मुटु रोग परीक्षण कार्यक्रम संचालन गरिएको हो ।
आर्थिक अभावका कारण मुटु अस्पताल जान नसकेका धेरै सर्वसाधारणले यस शिविरलाई मुटु रोग सम्वन्धी महत्वपूर्ण स्वास्थ्य लाभ प्राप्त गरेको वडा नं. १ का वडा अध्यक्ष जाहिद खांंले बताए ।
















































