Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हनुमानढोकामा रहेको प्रहरीको पुरानो भवन भत्काइने

Author Avatar साझा न्यूज 6th August 2025 , 3:37 PM
हनुमानढोकामा रहेको प्रहरीको पुरानो भवन भत्काइने

काठमाडौँ । २०७२ सालको भूकम्प अघि जिल्ला प्रहरी परिसर, काठमाडौं बस्दै आएको हनुमानढोकाको भवन भत्काइने भएको छ । भूकम्पले जीर्ण भएको उक्त भवनमा रातो स्टिकर लगाइएको थियो ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाबीच भएको भेटपछि भवन भत्काउने निर्णय भएको महानगरले जनाएको छ ।

मेयर शाहको सचिवालयका अनुसार, ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी समेत उपस्थित छलफलको मुख्य एजेन्डा हनुमानढोका क्षेत्रमा रहेको नेपाल प्रहरीको पुरानो भवन थियो ।

त्यसक्रममा २ रोपनी क्षेत्रमा रहेको त्यो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

 

त्यसक्रममा उक्त स्थानमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ ।

‘हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परालाई कायम गर्न दिन यो पोखरी निर्माण आवश्यक छ,’ मेयर शाहले भने ।

यस्तै बैठकमा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

यसका लागि लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

मेयर शाहलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘स्रोत साधन सम्पन्न पूर्वाधारले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउँछ । ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षाका लागि यस्ता भवनहरू महत्त्वपूर्ण छन् ।’

बैठकमा काठमाडौं महानगर–२७ को कार्यालय हाल भोटाहिटीमा रहेको साइबर ब्युरोको भवनमा सार्न सकिने विषयमा समेत छलफल भएको छ । अहिले साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माण भइरहेको छ र निर्माण सम्पन्न भएपछि वडा कार्यालय हाल ब्युरो रहेको भवनमा स्थानान्तरण गरिने विषयमा समेत छलफल भएको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको महानगरले जनाएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले भने, ‘सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक छ । महानगरसँगको सहकार्यले हाम्रा योजनाहरूलाई प्रभावकारी बनाउन सकिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

भर्खरै प्रकाशित

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज