तस्वीर : आईसीसी
काठमाण्डाै – न्युजिल्यान्डका तीव्र गतिका बलर विल ओरोर्क घरेलु टोली जिम्बावेसँगको दोस्रो टेस्टबाट बाहिरिएका छन् । ढाडको चोटका कारण ओरोर्क दोस्रो टेस्टबाट बाहिरिएका न्युजिल्यान्ड क्रिकेटले बताएको छ ।
विल ओरोर्क बाहिरिएसँग बायाँ हाते तीव्र गतिका बलर बेन लिस्टरलाई टोलीमा थपिएका छन् । लिस्टर शुरूमा ब्याकअपका रूपमा टोलीको हिस्सा थिए तर अब उनी मुख्य समूहमा रहनेछन् ।
यसअघि अलराउन्डर नाथन स्मिथ पनि न्युजिल्यान्डको टोलीबाट बाहिरिएका थिए । उनको ठाउँमा पहिलो पटक जकारी फक्सलाई समावेश गरिएको थियो ।
न्युजिल्यान्ड र जिम्बावेबीचको दोस्रो तथा अन्तिम टेस्ट भोलिदेखि बुलावायोमा शुरू हुनेछ । पहिलो टेस्टमा न्युजिल्यान्डले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।
















































