Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अमेरिका र चीनका राष्ट्रपतिबिच भेटवार्ता : दुई ठुला अर्थतन्त्रबिच सम्बन्ध सुधार हुने सङ्केत

Author Avatar साझा न्यूज 30th October 2025 , 12:47 PM
अमेरिका र चीनका राष्ट्रपतिबिच भेटवार्ता : दुई ठुला अर्थतन्त्रबिच सम्बन्ध सुधार हुने सङ्केत

सोल (दक्षिण कोरिया), कात्तिक १३ गते । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच दक्षिण कोरियाको बुसानमा भएको ऐतिहासिक भेटलाई विश्वभरका पर्यवेक्षकहरूले दुई ठुला अर्थतन्त्रबिचको अस्थिर सम्बन्धमा नयाँ मोड आउने सङ्केतका रूपमा व्याख्या गरेका छन्।

छ वर्षपछि पहिलोपटक आमनेसामने भएका दुबै नेताले बुसानस्थित गिम्हे वायुसेनास्थलमा एकअर्कासँग आत्मीयताको साथ हात मिलाए।

अन्तर्राष्ट्रिय शिखर सम्मेलन नजिकै भइरहेको बेला भएको यस भेटमा दुबै नेताले पारस्परिक सहयोग र दीर्घकालीन सम्बन्धका पक्षमा सकारात्मक वक्तव्य दिएका थिए।

ट्रम्पले सीलाई ‘महान देशका महान नेता’ भनेर सम्बोधन गर्दै भन्नुभयो, “हाम्रो सम्बन्ध लामो समयसम्म शानदार रहने छ भन्ने विश्वास छ।”

चिनियाँ नेता सीले पनि ट्रम्पलाई पुनः भेट्न पाएकोमा ‘ठुलो खुसी’ लागेको बताउँदै भन्नुभयो, “विश्वका दुई ठुला अर्थतन्त्रबिच कहिलेकाहीँ मतभेद हुनु स्वाभाविक हो, तर हामी दुवै देशका नेतृत्वकर्ताका रूपमा सम्बन्धलाई सही दिशामा अगाडि बढाउनुपर्छ। चीन र अमेरिका दुवैले सँगसँगै समृद्ध हुन सक्छन्।”

तर, आत्मीयता र हात मिलाउने दृश्यबिच पनि ट्रम्पले बुसानमा अवतरण गर्नुअघि नै ठुलो घोषणाबाट विश्वलाई चकित पार्नु भएको छ ।

उहाँले ३० वर्षभन्दा बढी समयदेखि कायम अमेरिकी आणविक परीक्षण रोक नीति अन्त्य भएको घोषणा गर्दै भन्नुभयो, “अमेरिकासँग विश्वकै सबैभन्दा धेरै आणविक हतियार छन्। रुस दोस्रो स्थानमा छ भने चीन धेरै टाढा तेस्रो स्थानमा छ, तर पाँच वर्षभित्र चीन पनि नजिक आउने छ।”

उहाँका अनुसार अन्य देशका परीक्षण कार्यक्रमका कारण अमेरिकाले पनि अब आफ्ना हतियार परीक्षण सुरु गर्ने छ।

करिब एक घण्टा ४० मिनेट लामो वार्तापछि दुबै नेता पुनः देखा परे र हात मिलाउँदै वार्ता सम्पन्न भएको जनाइयो। ट्रम्प त्यसपछि मिडियासँग कुरा नगरी एयर फोर्स वनमार्फत अमेरिका फर्किनु भएको छ ।

व्यापारिक तनावका बिचको संवाद

यो बैठक अमेरिकाको पाँच दिने एशियाली भ्रमणको अन्तिम चरणमा भएको हो, जसले विश्व अर्थतन्त्रलाई प्रभावित गरिरहेका अमेरिकी–चिनियाँ व्यापारिक तनावको समाधानको आशा जगाएको छ।

अमेरिका र चीनबिच लामो समयदेखि चलिरहेको शुल्क–प्रतिशुल्क युद्ध, उच्च प्रविधिसम्बन्धी निर्यात नियन्त्रण र अन्य प्रतिबन्धका कारण दुबै देशबिचको व्यापारिक सम्बन्ध अस्थिर बनेको छ। अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीनलाई अत्याधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकताका लागि आवश्यक सेमिकन्डक्टरमा पहुँच सीमित गरेको छ।

वार्तामा दुवै नेताबिच शुल्क, दुर्लभ धातुको निर्यात नियन्त्रण, अमेरिकी प्रविधिमा पहुँच र चीनको फेन्टानिल कारोबारमा संलग्नता लगायतका जटिल विषयमा छलफल भएको बताइन्छ। यससँगै अमेरिकाबाट चीनलाई हुने सोयाबिन निर्यात, टिकटकको भविष्य, युक्रेन युद्ध र ताइवानको विषय पनि वार्ताको एजेन्डामा रहेका थिए।

सम्भावित सहमतिको सङ्केत

गत हप्ताको अन्त्यमा मलेसियाको क्वालालम्पुरमा भएका अमेरिकी–चिनियाँ वार्ताकारबिचको बैठकपछि दुबै पक्ष ट्रम्प र सीबिच केही सहमतिमा पुग्ने अपेक्षामा देखिएका थिए। यस वार्ताबाट ठोस परिणाम निस्किएमा विश्वका दुई प्रमुख शक्तिबिचको तनाव केही हदसम्म कम हुने विश्लेषकहरूको विश्वास छ।

चीनका लागि यो बैठक अमेरिकासँगको सम्बन्धमा स्थायित्व ल्याउने अवसर हो भने ट्रम्पका लागि एशियाली भ्रमणको ‘सफल कूटनीतिक उपसंहार’ सावित भएको छ। सिएनएन

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज