Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन

Author Avatar साझा न्यूज 17th November 2025 , 1:44 PM
बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन

पश्चिम नवलपरासी, मङ्सिर १ गते । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी दाबी गरिएको पश्चिम नवलपरासीमा रहेको प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन कार्य सुरु भएको छ । भू–भौतिक सर्वेक्षणको अनुमानअनुसार भेटिएका पूर्वाधार (स्ट्रक्चर) हरूलाई भौतिक रूपमा उत्खनन गरी अन्वेषण गर्ने उद्देश्यले पुरातत्व विभागले यो कार्य अगाडि बढाएको हो ।

उत्खनन टोली र कार्यक्षेत्र
पुरातत्वविद् भास्कर ज्ञवालीको नेतृत्वमा उत्खनन टोलीले पण्डितपुरमा यसअघि फेला परेको प्राचीन इनार र सोसँगै जोडिएको स्थानमा उत्खननका लागि ट्रेन्च लगाएको छ । “पहिला भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक वस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको छ,’’ पुरातत्व अधिकृत ज्ञवालीले बताउनुभयो ।

यसपटक सहायक साइटको रूपमा पण्डितपुरसँगै रहेको बन्जारिन माई स्थान को पुरातात्विक क्षेत्रमा पनि उत्खनन गरिने भएको छ ।

उत्खनन कार्य एक महिनासम्म चल्नेछ । मङ्सिर १ गतेदेखि त्रिभुवन विश्वविद्यालयका पुरातत्व विषयमा अध्ययन गर्ने विद्यार्थीहरू पनि तालिमका लागि आउने र उनीहरू उत्खनन कार्यमा सहभागी हुने ज्ञवालीले बताउनुभयो ।

पुरातत्व विभाग र दुराम विश्वविद्यालयको प्राविधिक टोलीले विगत वर्षहरूमा गरेको भू–भौतिक सर्वेक्षण प्रतिवेदनकै आधारमा यो निरन्तर उत्खनन् भइरहेको छ । गत वर्ष पनि उत्खननका क्रममा पूर्वाधारहरू भेटिएका थिए र यस वर्ष पनि भेटिन थालेका छन् ।

कोलनगरको ऐतिहासिक महत्त्व
कोलिय गणराज्यको राजधानी कोलनगर, भगवान गौतम बुद्धको जीवनसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण स्थान हो। यो बुद्धलाई जन्म दिने आमा महामाया र उहाँको पालनपोषण गर्ने सानी आमा प्रजावती गौतमीको जन्मस्थल हो । यो बुद्धकी पत्नी यशोधराको पनि जन्मस्थल हो ।

“यस स्थानमा संसारभरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिनेछ,’’ ज्ञवालीले भन्नुभयो । अनुसन्धान र कार्बन डेटिङ (समय परीक्षण) ले इसा पूर्व ६०० पुराना प्राचीन वस्तुहरू भेटिएको पुष्टि गरेको छ, जसले यो कोलिय गणराज्यको राजधानी भएको प्रमाणित गर्दछ । पुरातत्वविद्हरूको अनुमानअनुसार यो राजधानी क्षेत्र ३६ सय वर्गमिटरमा फैलिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज