Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजार नपाउँदा घरमै झुण्डियो प्याज

Author Avatar साझा न्यूज 18th November 2025 , 1:08 PM
बजार नपाउँदा घरमै झुण्डियो प्याज

बाजुरा, मङ्सिर २ गते । बाजुराको ओलेनाबासी लामो समय देखि प्याज खेती गर्दै आएका छन् । उनीहरु कात्तिकदेखि प्याज लगाउने र असारमा निकाल्ने गर्छन् ।

यहाँका किसानले उत्पादन गरेको आर्गानिक प्याज मार्तडीको बजारमा बिक्री हुने र त्यसैबाट प्राप्त भएको रकमले उनीहरु घरपरिवार पाल्ने गर्दछन् । यो वर्ष भने यहाँका किसानले उत्पादन गरेको प्याजले कतै बजार पाउन सकेको छैन । बजार नपाउँदा अहिले यहाँको प्याज गाउँमै थन्किदै आएको छ । यसरी लामो समय घरको कोठामा प्याज थन्किदै आएको प्याज यती बेला सड्न थालेको छ ।

कोठामा थन्क्याएर राखेको प्याज सड्न र सुक्न थालेपछि उनीहरुले अहिले त्यो प्याजलाई फेरि घरको पर्खालमा झुण्ड्याउन थालेका छन् ।

प्याज जोगाउनका लागि उनीहरुले एक  डोरीको सहायताले घरको पर्खालमा झण्ड्याउने गरेका हुन् । कोठामा राख्दा प्याज कुहिन थालेपछि यती बेला घरको पर्खालमा झुण्ड्याउने गरेको बडीमालिका नगरपालिका वडा ४ ओलेनाका स्थानीय कमल नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ओलेनामा झण्डै १२ घरपरिवारको बसोबास छ । यी सबै परिवारले प्रत्येक वर्षमा प्याज खेती गर्ने गर्दछन् । एक परिवारले कम्तीमा पनि पाँच क्वीन्टल प्याज उत्पादन गर्दछन् । अहिले हाम्रो झण्डै असी क्वीन्टल प्याज उत्पादन भएको छ । त्यो प्याज अहिले घरमा जम्मा छ ।”

पहिलादेखि अहिलेसम्म तरकारी खेती गर्दै आएका छौं । तरकारी खेतीले हामीले घरपरिवार पालन पोषण गर्ने गरेका थियौैँ । अहिले यो प्याजले कतै बजार नपाउँदा यो वर्ष हामीलाई निकै समस्या भएको नाथले बताउनुभयो ।

ओलेना केही समय पहिला तरकारी खेती उत्पादन गर्ने एक उत्कृष्ट ठाउँको रुपमा चिनिदै आएको थियो । अहिले पनि यो ठाउँका किसानले तरकारी खेती गर्दै आएका छन् । तर पछिल्लो समय यहाँको तरकारी कतै बिक्री नहुने गरेपछि उनीहरु अब कसरी पेट पाल्ने भन्ने चिन्तामा छन् ।

यहाँका किसानले गत जेठ असारको महिना झण्डै ८० क्वीन्टल प्याज निकालेर घरमा थन्क्याएका छन् ।  त्यो प्याज अहिलेसम्म कतै बिक्री हुन सकेको छैन । अहिले यो प्याज लामो समय कसरी राख्ने भन्ने उनीहरुमा थप चिन्ता भएको छ ।

पाँच महिना उनीहरु प्याज घरको कोठामा राख्दै आएका थिए । त्यहाँ लामो समयसम्म प्याज राख्दा केही सडेको र केही सुकेर खेर गएपछि अहिले उनीहरुले बाँकी रहेको त्यो प्याज आफ्नो घरको पर्खालमा झुण्ड्याउँदै आएका छन् ।

उसो त यहाँको प्याज मात्र बिक्री नभएको होइन । जिल्लाको हिमाली , स्वामिकार्तिक खापर गाउँपालिकामा  उत्पादन भएको अर्गानिक प्याजले समेत बजार पाएको छैन । यहाँका स्थानीयले तहले निर्माण गरेका चिस्यान केन्द्र अmँभै सञ्चालनमा छैन् । ती चिस्यान केन्द्र सञ्चालनमा आएको भएपनि उनीहरुलाई केही महिनाका लागि त्यसमा प्याज स्टोर गर्न सहज हुन्थ्यो ।

बाजुरामा उत्पादन भएको तरकारी तथा फलफुललाई बजार सम्म पुगाउँन हामीले ढुवानीका लागि अनुदानको व्यवस्था बाहेक अरु केही गर्न नसकिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षमा यहाँका केही स्थानीय तहमा प्याज राम्रो उत्पादन भएको छ । तर त्यो प्याजले समयमा बजार पाएन । बजार नपाउँदा यहाँ किसानले उत्पादन गरेको त्यो प्याज यती बेला त्यसै खेर जाने अवस्थामा छ ।”

प्याज यती हेक्टरमा लगाउँने गरेको यती क्वीन्टल प्याज उत्पादन हुन्छ भन्ने कुराको खासै तथ्याङ्क नभएपनि यो वर्ष जिल्लाका विभिन्न ठाउँमा झण्डै एक हजार भन्दाबढी प्याज भएको आँकलन गर्न सकिन्छ । यो प्याज पनि अँझै बिक्री हुन सकेको छैन् । कतै बजार पाएमा हामीले यहाँका किसानलाई ढुवानीका लागि अनुदानको व्यवस्था गर्न तयार भएको साहनीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

भर्खरै प्रकाशित

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज