Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोप-३१ आयोजनामा अस्ट्रेलिया-टर्की विवाद चुलिँदा अल्बानिज ‘पछाडि हट्न’ तयार

Author Avatar साझा न्यूज 19th November 2025 , 3:43 PM
कोप-३१ आयोजनामा अस्ट्रेलिया-टर्की विवाद चुलिँदा अल्बानिज ‘पछाडि हट्न’ तयार

सिड्नी, मङ्सिर ३ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०२६ को संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप-३१) आयोजनाका लागि टर्कीलाई रोक्ने कुनै प्रयत्न नगर्ने स्पष्ट सङ्केत दिनु भएको छ ।

उहाँले क्यानबेराले कूटनीतिक विवादलाई अनावश्यक रूपमा चर्किन नदिई ‘अगाडि बढ्न सकिने’ सम्भावनासमेत सङ्केत गर्नु भएको छ । यो विवादले ब्राजिलमा जारी यो वर्षको कोप-३० वार्तालाई ओझेलमा पारिरहेको छ । ब्राजिलमा रहेका कूटनीतिज्ञले अस्ट्रेलिया र टर्की दुवैबाट आएका प्रतिद्वन्द्वी आयोजना प्रस्ताव समाधान गर्न केही दिन मात्र पाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको प्रणालीअनुसार सहमतिपत्र नजुटे दुवै देश स्वतः प्रतिस्पर्धाबाट बाहिरिने छन् र सम्मेलन पूर्वनिर्धारितरूपमा जर्मनीको बोन सहरमा सारिनुपर्ने बाध्यता आउने छ । यसलाई धेरै देशले असहज विकल्प मानिरहेका छन् । मङ्गलबार साँझ प्रधानमन्त्री अल्बानिजले पहिलो पटक सम्भावित ‘पछाडि हट्ने’ सङ्केत गर्दै भन्नुभयो, “यदि अस्ट्रेलिया छनोट भएन भने र यदि टर्कीले आयोजना पायो भने हामी यसलाई भिटो गर्ने प्रयास गर्दैनौँ ।”

उहाँका अनुसार त्यसका लागि कुनै औपचारिक मतदान प्रक्रिया थिएन र विजेता केवल सर्वसम्मतिले मात्र निर्धारण हुने संयुक्त राष्ट्रसङ्घको नियम रहेको बताउनुभयो । अल्बानिजले भन्नुभयो, “यदि सहमति जुटेन र दुई उम्मेदवार नै टसमस रहिरहे भने सम्मेलन स्वाभाविक रूपले बोनमै जान्छ । प्रशान्त क्षेत्र मात्र होइन अन्तर्राष्ट्रिय समुदायबाट पनि चिन्ता व्यक्त भइरहेको छ कि यस्तो विवादले विश्वलाई जलवायु कार्यमा आवश्यक एकताको सकारात्मक सङ्केत दिन सक्दैन ।”

अस्ट्रेलियाले उष्णकटिबन्धीय चक्रवात र बढ्दो समुद्री सतहको जोखिममा रहेका प्रशान्त टापुका छिमेकीसँग मिलेर कोप-३१ को आयोजना अधिकारका लागि प्रतिस्पर्धा गरिरहेको छ । तर अनुमान अनुसार सम्मेलन आयोजना खर्च तीन अर्ब डलरसम्म पुग्न सक्छ भन्ने विश्लेषणले केही पक्षलाई सतर्क बनाएकाले अस्ट्रेलियाभित्रै सरकार विभाजित देखिन्छ ।

प्रधानमन्त्री अल्बानिजले विश्व जलवायु एजेन्डामा प्रशान्त टापु राष्ट्रको आवाज बलियो बनाउन अस्ट्रेलियाले अन्य वैकल्पिक मार्ग अपनाउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रशान्तलाई फाइदा हुने उपाय, जस्तै प्रशान्त क्षेत्रीय नेताको छुट्टै उच्चस्तरीय बैठक जस्ता विकल्प पनि खोजिरहेका छौँ ।”

प्रधानमन्त्रीको टिप्पणीपछि अस्ट्रेलियाली सरकारका प्रवक्ताले देशसँग अझै पनि सम्भावित आयोजकका रूपमा ‘उच्च समर्थन’ रहेको पुनः पुष्टि गरे । प्रवक्ताले भने, “हामी प्रशान्त क्षेत्र र अस्ट्रेलियाको राष्ट्रीय हितलाई केन्द्रमा राख्दै टर्कीसँग जिम्मेवार संवाद जारी राख्नेछौँ ।” यसअघि जलवायु मन्त्री क्रिस बोवेनले अस्ट्रेलिया अझै पनि टर्कीको प्रतिस्पर्धालाई पराजित गर्न ‘कडा प्रयास’ जारी रहेको बताउनुभएको थियो ।

ब्राजिलमा एएफपीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “यो कसरी अघि बढ्छ, हामीले हेर्नै बाँकी छ । तर हामी जित्नका लागि पूर्णरूपमा तयार छौँ ।” अस्ट्रेलियाले टर्कीले प्रस्ताव गरेको ‘अध्यक्षता पद साझा गर्ने’ विकल्पलाई अस्वीकार गरिसकेको छ । यी जटिल कर्तव्य दुई टाढै रहेका देशबिच बाँडेर सम्भव नहुने अडान क्यानबेराले स्पष्ट जनाएको छ । रासस/एएफपी  

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज