Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेशः पहिलो चौमासिकमा नौं दशमलव ७३ प्रतिशत पुँजीगत खर्च

Author Avatar साझा न्यूज 20th November 2025 , 1:19 PM
लुम्बिनी प्रदेशः पहिलो चौमासिकमा नौं दशमलव ७३ प्रतिशत पुँजीगत खर्च

दाङ –  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२\०८३ को पहिलो चौमासिकसम्म पुँजीगत खर्च नौ दशमलव ७३ प्रतिशत गरेको छ । प्रदेश सरकारको पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार बजेटमध्ये दुई अर्ब २८ करोड २७ लाख ७४ हजार नौ सय ९३ रुपैयाँ खर्च भएको हो । जुन कुल बजेटको नौ दशमलव ७३ प्रतिशत भएको जनाईएको छ ।

चालुतर्फ १४ दशमलव २८ प्रतिशत खर्च भएको छ । चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार बजेट मध्ये कात्तिक मसान्तसम्म दुई अर्ब २० करोड ५३ लाख आठ हजार एक सय १७ रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको कुल बजेटको ११ दशमलव ५३ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षमा ३८ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
जसमा चार महिनामा चार अर्ब ४८ करोड ८० लाख ८३ हजार एक सय ११ रुपैया खर्च भएको छ । सङ्घीय सरकारले पटक पटक ताकेता गर्दा पनि बजेट खर्च हुन नसक्नु सकारात्मक पक्ष नभएको जानकार बताउँछन् । यो अवधिमा भएको खर्च पनि अघिल्लो आर्थिक वर्षको तिर्नुपर्ने दायित्वसहित भएको हो । अघिल्लो वर्षमा काम सम्पन्न गरेका निर्माण व्यवसायीले चालु आर्थिक वर्षमा आएर भुक्तानी प्राप्त गरेका छन् ।

कर्मचारीको छिटो छिटो सरुवा, तदारुकता नदेखाउने प्रवृत्ति, निर्माण सामग्रीको अभाव लगायतका समस्याका कारण बजेट खर्चमा समस्या देखिएको बताइएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार प्रदेश सभाको जम्मा १५ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । जसमध्ये चालुतर्फ १७ दशमलव ४४ र पुँजीगततर्फ बजेट खर्च हुनसकेको छैन । प्रदेश लोक सेवा आयोगको जम्मा १६ दशमलव ८० प्रतिशत बजेट खर्च भएको छ । जसमा पुँजीगततर्फ १७ दशमलव ९२ प्रतिशत र पुँजीगत तर्फको बजेट खर्च हुन सकेको छैन् ।

प्रदेश योजना आयोगको जम्मा १२ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ । स्थानीय तह निकासातर्फ चालु शीर्षक अन्तर्गत २१ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ । यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जम्मा सात दशमलव ८६ प्रतिशत खर्च भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जम्मा छ दशमलव ३० प्रतिशत खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जम्मा चार दशमलव २० प्रतिशत बजेट खर्च भएको छ ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जम्मा ११ दशमलव ४८ प्रतिशत खर्च भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जम्मा पाँच दशमलव शून्य छ प्रतिशत बजेट खर्च भएको छ । वन तथा वातावरण मन्त्रालयको जम्मा नौ दशमलव ९० प्रतिशत बजेट खर्च भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको जम्मा सात दशमलव ८३ प्रतिशत खर्च भएको छ । यसैगरी युवा तथा खेलकुद मन्त्रालयको जम्मा चार दशमलव ७८ प्रतिशत खर्च भएको छ । सहकारी विकास तथा खानेपानी मन्त्रालयको जम्मा आठ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकास मन्त्रालयको जम्मा तीन दशमलव ८६ प्रतिशत बजेट खर्च भएको छ । यसैगरी स्वास्थ्य मन्त्रालयको जम्मा बजेट खर्च ३० दशमलव ४३ प्रतिशत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

भर्खरै प्रकाशित

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज