Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

Author Avatar साझा न्यूज 6th February 2026 , 5:06 PM
उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको बिहिबार बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव एवं इञ्जिनियर दीपक श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तरराष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित आगामी वैशाख १६ र १७ गते सम्मेलन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले अन्तरराष्ट्रिय बौद्ध सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ । समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमेछिरिङ० रहने गरी १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षमा सम्मेलन आयोजना गर्न रु तीन करोड बजेट विनियोजन गरेको छ । यसअघि देशमा भएको राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख १६ र १७ गत लुम्बिनीमा गर्ने तयारी कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्दै दया, करुणा र विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक डा लामाले जानकारी दिए । सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तित्वको सहभागिता रहने उनले विश्वास व्यक्त गरे ।

दुई दिनेसम्म सञ्चालन हुने सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा तथा संस्कृतिका विषयमा छलफल र कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

यसअघि भएका आयोजना भएका पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको लुम्बिनी विकास कोषले जनाएको छ ।

यस पटकको सम्मेलनमा प्रचार प्रसारका माध्यमबाट लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने, संसारभरि बौद्ध धर्मको महत्व बढाउने र लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको विकास कोषका सदस्य सचिव श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ः सुरेन्द्र राज आचार्य

भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ः सुरेन्द्र राज आचार्य

प्रेस युनियन लुम्बिनी ‘रणनीतिक वैठक’: प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल

प्रेस युनियन लुम्बिनी ‘रणनीतिक वैठक’: प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल

अभिनेता सुनिल थापाकाे निधन

अभिनेता सुनिल थापाकाे निधन

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

भर्खरै प्रकाशित

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ः सुरेन्द्र राज आचार्य

भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ः सुरेन्द्र राज आचार्य

प्रेस युनियन लुम्बिनी ‘रणनीतिक वैठक’: प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल

प्रेस युनियन लुम्बिनी ‘रणनीतिक वैठक’: प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल

अभिनेता सुनिल थापाकाे निधन

अभिनेता सुनिल थापाकाे निधन

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज