Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

Author Avatar साझा न्यूज 10th February 2026 , 12:31 PM
नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

गुलरिया(बर्दिया) माघ २७ गते । नसर्ने रोग नियन्त्रणका लागि बर्दियाको बाँसगढी नगरपालिकाले घर घरमा स्वास्थ्यकर्मी पठाएको छ । तीस वर्षभन्दा माथिका नागरिकहरूको स्वाथ्य चेकजाँचको लागि घर घरमा स्वासथ्यकर्मी पठाएको हो ।

घर घरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले रक्तचाप, मधुमेह, मृगौला रोग, मोटोपन लगाएतका समस्याहरू पत्ता लगाउने गरेका छन् । बिरामीको रगत र पिसाब चेकजाँच गरि समस्या पत्ता लगाउने गरिएको छ । सामान्य समस्या भएमा घर मै औषधी उपचार गर्ने र जटिल समस्या भएमा वा चिकित्सकको नै सल्लाह लिनुपर्ने देखिएमा नगरअस्पताल वा अरु अस्पतालमा रिफर गर्ने गरिएको छ । टोलको पायक पर्ने स्थानमा शिविर सञ्चालन गर्ने र आउन नसक्ने बिरामीको लागि घरमै गएर चेक जाँच गर्ने गरिएको स्वास्थ्यकर्मीले बताएको छन् । गत माघ १६ देखि सुरु गरिएको स्वास्थ्य परिक्षण एक महिना सम्म सञ्चालन हुने छ ।

सम्पूर्ण वडा सुरु गरिएको घरदैलो परिक्षण कार्यक्रममा हाल सम्म दुई हजार एक सय जनाको परिक्षण गरिसकिएको छ । जसमध्ये एक हजार एक सय २८ जनालाई विभिन्न समस्या देखिएको बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलबहादुर विष्टले बताउनुभयो ।

उहाँले परिक्षण गरिएका मध्ये करिब ५३ प्रतिशतमा समस्या देखिएको बताउनुभयो । हाल सम्म परिक्षण गरिएका मध्ये उच्च रक्तचाप भएका चार सय चार जना, मधुमेह भएका तीन सय ६० जना, पिसाब जाँच गर्दा मृगौलामा समस्या देखिएका एक सय ९४ जना र मोटोपनको समस्या देखिएका एक सय ७० जना फेला परेको उहाँले बताउनु भयो । तत्काल उपचार थप चेक जाँचको लागि बाँसगढी नगरपालिकामा आठ सय ४६ जनालाई रिफर गरिएको छ ।

नगरपालिको आन्तरिक श्रोतलाई परिचालन गरेर निःशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताउनुभयो । उहाँले पछिल्लो समयमा नसर्ने रोगको प्रकोप बढ्दै गएको हुनाले यसबाट बच्नका लागि समयमै रोगको बारेमा पत्ता लगाई उपचार सुरु गर्नका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछि पछुताउनु र उपचारमा धेरै खर्च गर्नु भन्दा समय मै रोग पत्ता लगाई न्यूनीकरण गर्नु राम्रो हुन्छ त्यसैले ३० वर्ष माथीका सबैको स्वास्थ्य परिक्षण गर्दैछौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

ताप्लेजुङमा भूकम्प गयो

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ः सुरेन्द्र राज आचार्य

भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ः सुरेन्द्र राज आचार्य

प्रेस युनियन लुम्बिनी ‘रणनीतिक वैठक’: प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल

प्रेस युनियन लुम्बिनी ‘रणनीतिक वैठक’: प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल

भर्खरै प्रकाशित

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

ताप्लेजुङमा भूकम्प गयो

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज