Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

Author Avatar साझा न्यूज 10th February 2026 , 7:45 PM
देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

नेपालगन्ज, माघ २७ गते । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देशलाई बदल्ने र बनाउने शक्ति एवं चाहना नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस बाँकेले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशको सबैभन्दा पुरानो पार्टी अहिलेको माग र अवस्थालाई ध्यानमा राखेर सबैभन्दा नयाँ बनेर आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालका लागि कांग्रेस नै सबैभन्दा जिम्मेवार र जनताप्रति उत्तरदायी पार्टी हो । जब जब देशलाई बलिदान र त्याग आवश्यक पर्‍यो, त्यति बेला यही पार्टीले देशको नेतृत्व गरेको इतिहास साक्षी छ ।”

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक समेत रहनुभएका शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखेर जनताको माग र चाहना अनुसार कांग्रेसले दुई तिहाइ युवालाई उम्मेदवार बनाएको स्पष्ट पार्नुभयो । उहाँले यस पटक महिला र पिछडिएका समुदायलाई पनि विगतभन्दा दोब्बर सङ्ख्यामा टिकट दिएको बताउनुभयो ।

धेरै पटक कांग्रेसले आफू पराजित भएर पनि देश र जनतालाई जिताएको स्मरण गर्दै उहाँले संविधानको रक्षा र देशको प्रगति एवं उन्नतिका लागि कांग्रेसको विकल्प नरहेको उल्लेख गर्नुभयो । संविधानका पिता स्वर्गीय सुशील कोइरालाको जिल्लामा कांग्रेसलाई झनै बलियो बनाएर देशभरि देखाउने अभिभारा यहाँका नेता–कार्यकर्ताको काँधमा आएको उहाँको भनाइ थियो । विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा नयाँ ऊर्जा र शक्ति उत्पन्न भएको दाबी उहाँले गर्नुभयो ।

नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य गोपाल दहित, बाँके क्षेत्र नं. १, २ र ३ का उम्मेदवार क्रमशः नारायण गौडेल, सुधांशु कोइराला र अमरसिंह पुन लगायतले नेपाली कांग्रेसलाई विजयी गराउन अनुरोध गर्नुभयो । सो अवसरमा बाँकेका तीनवटै क्षेत्रका नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

ताप्लेजुङमा भूकम्प गयो

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ः सुरेन्द्र राज आचार्य

भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ः सुरेन्द्र राज आचार्य

प्रेस युनियन लुम्बिनी ‘रणनीतिक वैठक’: प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल

प्रेस युनियन लुम्बिनी ‘रणनीतिक वैठक’: प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल

भर्खरै प्रकाशित

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

ताप्लेजुङमा भूकम्प गयो

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज