Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्लाहीमा घुमुवा परिचालन गरी असुली गराइएको आरोप, एसपी खड्कामाथि प्रश्न

Author Avatar साझा न्यूज 18th March 2026 , 7:57 PM
सर्लाहीमा घुमुवा परिचालन गरी असुली गराइएको आरोप, एसपी खड्कामाथि प्रश्न

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत केही प्रहरी कर्मचारीलाई घुमुवाको रूपमा परिचालन गरेर अवैध कारोबार र तस्करीबाट रकम असुली गरिएको आरोप सार्वजनिक भएको छ। स्रोतका अनुसार सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका विश्वासपात्र मानिएका प्रहरी सहायक हवलदार अर्जुन सिंह र प्रहरी जवान कृष्णनन्दन कुशवाहालाई घुमुवाको रूपमा परिचालन गरिएको बताइएको छ।

स्थानीय स्रोतहरूले दिएको जानकारीअनुसार जिल्ला मातहतका विभिन्न नाका तथा युनिटहरूबाट हुने अवैध कारोबारमा संलग्न व्यक्तिहरूसँग नियमित रूपमा रकम संकलन हुने गरेको आरोप छ। बरहथवा इलाका प्रहरी कार्यालयको सञ्चार शाखामा दरबन्दी रहेका प्रहरी सहायक हवलदार अर्जुन सिंहले त्रिभुवननगर, गोर्खाली, संग्रामपुर, पर्सा, बलरा र मलंगवा लगायतका नाकामा सक्रिय व्यापारीहरूसँग मासिक रूपमा रकम उठाउने गरेको दाबी गरिएको छ।

समाचार स्रोतहरूले विभिन्न नाकाबाट कपडा, हार्डवेयर, काजु, किसमिस, कबाड, जुत्ता–चप्पल, चिनी, पेस्ट लगायतका सामग्रीको अवैध ओसारपसार भइरहेको र त्यसबापत व्यापारीहरूबाट १० हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्म असुली हुने गरेको आरोप लगाएका छन्। केही व्यापारीले नाम नखुलाउने सर्तमा घुमुवामार्फत रकम बुझाएर तस्करीका लागि ‘लाइन’ मिलाइने गरेको बताएका छन्।

स्थानीयवासीका अनुसार सादा पोसाकमा खटिने प्रहरीको मूल जिम्मेवारी शान्ति सुरक्षा र सूचना संकलन भए पनि त्यसको दुरुपयोग गरी अवैध कारोबारलाई संरक्षण गरिएको आरोप गम्भीर छ। आर्थिक चलखेलका कारण जिल्लामा चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने चिन्ता स्थानीयको छ।

स्रोतका अनुसार प्रहरी सहायक हवलदार सिंह विगत करिब तीन वर्षदेखि विभिन्न प्रहरी प्रमुखहरूको संरक्षणमा जिल्लामा प्रभावशाली रूपमा सक्रिय रहेका छन्। सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याउने सामग्रीमा कडाइ गर्ने तर तस्कर समूहसँग मिलेमतो गरी निर्बाध रूपमा सामान भित्र्याउन छुट दिने गरिएको आरोप पनि लगाइएको छ।

यस प्रकरणमा तस्करीबाट उठेको रकम जिल्ला प्रहरी प्रमुखसम्म पुग्ने गरेको दाबी स्रोतहरूको छ। यदि माथिल्लो तहको संरक्षण नभएको भए बिहान, बेलुका र रातिको समयमा भइरहेका गतिविधिबारे जानकारी हुँदाहुँदै पनि कारबाही नहुनु अस्वाभाविक हुने स्थानीयको भनाइ छ।

यता मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलिया र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अवैध कारोबार नियन्त्रण गर्न निर्देशन दिँदै आएका बेला सर्लाहीमा भने त्यसको प्रभावकारी कार्यान्वयन नभएको आरोप उठेको छ। प्रहरी संगठनकै केही अधिकारीहरूले पनि निर्देशनविपरीत जिल्लामा घुमुवा परिचालन र असुलीको काम जारी रहनु चिन्ताजनक भएको बताएका छन्।

यद्यपि, यी आरोपबारे जिल्ला प्रहरी कार्यालय सर्लाही, मधेश प्रदेश प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालयबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। आरोपहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न स्थानीय नागरिक, सरोकारवाला र प्रहरीकै केही कर्मचारीले माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज