Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जातीय विभेदमुक्त समाजका लागि सहकार्य अपरिहार्य

Author Avatar साझा न्यूज 20th March 2026 , 7:03 PM
जातीय विभेदमुक्त समाजका लागि सहकार्य अपरिहार्य

तौलिहवा(कपिलबस्तु), चैत ६ गते । जातीय विभेदमुक्त समाजका लागि सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरुले जोड दिनुभएको छ । ६१ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा यशोधरा गाउँपालिकामा सहभोज तथा अन्तरक्रिया कार्यक्रम सो कुरामा जोड दिइएको हो ।

“विभेदरहित समतामूलक समाज, जातीय विभेद हटाऔँ, न्यायपूर्ण समाज बनाऔँ” भन्ने नारासहित आयोजित कार्यक्रममा जातीय विभेद अन्त्य गरी समानता, सामाजिक न्याय र सहअस्तित्वमा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

सो अवसरमा बोल्दै गाँउपालिकाका अध्यक्ष शिवदयाल तिवारीले जातीय विभेद र छुवाछूतजस्ता अमानवीय व्यवहार सभ्य समाजका लागि कलङ्क भएको बताउनुभयो । उहाँले संविधानले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरेको भएपनि व्यवहारमा अझै विभेदका घटना देखिनु चिन्ताको विषय भएको बताउनुभयो । स्थानीय तह सबै समुदायलाई समान अवसर, सम्मान र न्याय दिलाउने दिशामा प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

वडा ७ का वडाध्यक्ष चन्द्रप्रकाश दुबेले जातीय विभेद अन्त्य गर्नु सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले शिक्षा, सचेतना र व्यवहारगत परिवर्तनमार्फत मात्र विभेदरहित समाज निर्माण सम्भव हुने धारणा राख्नुभयो । यस्ता कार्यक्रमले समाजमा आपसी विश्वास, सद्भाव र एकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उहाँले बताउनुभयो ।

दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले कानुनी रूपमा जातीय विभेद र छुवाछूत दण्डनीय अपराध भए पनि व्यवहारमा यसको प्रभाव अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विस्तार अपरिहार्य रहेको बताउनुभयो । दलित समुदायको सम्मान, अधिकार र अवसर सुनिश्चित नभएसम्म समतामूलक समाज निर्माण अधुरो रहने उहाँको भनाइ छ ।

सूचना महिला सञ्जालकी अध्यक्ष श्यामकली रैदासको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका सल्लाहकार राधेश्याम पाठक, महिला तथा बालबालिका शाखाकी प्रमुख रमा पन्थी, कार्यपालिका सदस्य रामकिशोर बरई, सेचन करुणा संस्थाका मिनकु यादव, दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य अञ्जना तेलीले राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि गोविन्द धवलले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन विन्दवासिनी हरिजनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज