Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

Author Avatar साझा न्यूज 9th April 2026 , 5:43 PM
पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, चैत २६ गते । पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट आपसी मिलेमतोमा भन्सार छली गरी गैरकानुनी तवरबाट लिई आएको इलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा पहेँलो धातु सुन जफत गरी भन्सार ऐन बमोजिम कारबाही गर्नुपर्नेमा सो नगरी भन्सार छली भ्रष्टाचार गरेको आरोप लागेको छ ।

पूर्व सभामुख महरासहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतद्वय रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ, नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुधन पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, राहुल भन्ने रेशम महरा, निर्मलकुमार वि.क., लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र डाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग र डेक्स्टर ट्राभल्स एन्ड टुर्स प्रा.लि. विरुद्ध सो मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुरमा बिगो रकम सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ कायमा गरी कैद र जरिवाना सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
AQvOIH.pdf – Google Drive

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आर्थिक गणना प्रभावकारी बनाउन कपिलवस्तुमा प्रशिक्षण

आर्थिक गणना प्रभावकारी बनाउन कपिलवस्तुमा प्रशिक्षण

कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

कृष्णनगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

कृष्णनगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

डाइभर्सन बगाउँदा हरिवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

डाइभर्सन बगाउँदा हरिवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

प्रहरीको गोलीबाट मृत्यु भएका यादवको परिवारद्वारा क्षतिपूर्ति र छानबिनको माग

प्रहरीको गोलीबाट मृत्यु भएका यादवको परिवारद्वारा क्षतिपूर्ति र छानबिनको माग

भर्खरै प्रकाशित

आर्थिक गणना प्रभावकारी बनाउन कपिलवस्तुमा प्रशिक्षण

आर्थिक गणना प्रभावकारी बनाउन कपिलवस्तुमा प्रशिक्षण

कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

कृष्णनगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

कृष्णनगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज