Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

Author Avatar साझा न्यूज 7th August 2026 , 6:33 PM
युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

तौलिहवा (कपिलवस्तु), साउन २१ गते । कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले युट्युबबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा ड्र्यागन फ्रुट खेती सुरु गर्नुभएको छ । करिब डेढ वर्षअघि चार कठ्ठा क्षेत्रफलमा सुरु गरिएको खेतीबाट हालसम्म तीन पटक फल उत्पादन भइसकेको छ ।

बेलवासेले रुपन्देहीको रानीबगियाबाट ६२८ वटा बिरुवा खरिद गरी १५७ वटा पोलमा प्रत्येक पोलमा चार–चार वटाका दरले बिरुवा रोप्नुभएको हो । उहाँका अनुसार प्रतिबिरुवा १६० रुपियाँका दरले खरिद गरिएको थियो ।

बिरुवा अझै पूर्ण रूपमा परिपक्व भइनसकेकाले उत्पादन अपेक्षाअनुसार हुन केही समय लाग्ने उहाँले बताउनुभयो । “अहिलेसम्म तीन पटक फल टिपिसकेका छौँ । भदौतिर चौथो पटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो ।

ड्र्यागन फ्रुटको बजार राम्रो रहेकाले बिक्रीमा कुनै समस्या नरहेको उहाँको भनाइ छ । अहिले प्रतिकिलोग्राम चार सय रुपियाँसम्ममा बिक्री भइरहेको र फल उत्पादन भएपछि ग्राहक घरमै आएर खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर ड्र्यागन फ्रुट खेती सुरु गरेको बताउँदै बेलवासेले सिँचाइको अभाव मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । रोग व्यवस्थापनका विषयमा पनि थप प्राविधिक ज्ञान आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार चितवनको हावापानी ड्र्यागन फ्रुट खेतीका लागि बढी अनुकूल मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिन्छ । यद्यपि यहाँको बढी गर्मीका कारण खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार ड्र्यागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी अभिलेख नरहे पनि जिल्लामा साना-साना स्केलमा खेतीको सुरुवात भएको बताउनुभयो ।

व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण पछिल्ला वर्षहरूमा जिल्लामा ड्र्यागन फ्रुट खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

विषालु सर्पले टोक्दा बालकको मृत्यु

विषालु सर्पले टोक्दा बालकको मृत्यु

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

भर्खरै प्रकाशित

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

विषालु सर्पले टोक्दा बालकको मृत्यु

विषालु सर्पले टोक्दा बालकको मृत्यु

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज