Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

Author Avatar साझा न्यूज 17th August 2026 , 11:07 AM
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताउनुभएको छ ।
नागपञ्चमी तथा थारु समुदायले मनाउने गुरही र मधेसी समुदायको गुडिया पर्वको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले नागपञ्चमी प्रकृति, संस्कृति र परम्परासँग जोडिएको पर्व भएको बताउँदै यसले नागदेवताको पूजा आराधनासँगै प्रकृति, पर्यावरण र जीवजन्तुप्रति सम्मान तथा संरक्षणको भावना विकास गर्न प्रेरणा दिने उल्लेख गर्नुभएको छ । उहाँले नागपञ्चमीले मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउँदै प्राकृतिक सम्पदाको संरक्षण र सहअस्तित्वको सन्देश दिने बताउनुभएको छ ।
त्यसैगरी, थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको गुरही पर्वले समुदायको मौलिक संस्कृति, सामाजिक एकता र आपसी सद्भावलाई अभिव्यक्त गर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ । वर्षायाममा लाग्ने रोगव्याधि तथा नकारात्मक प्रभावबाट मुक्ति मिलोस् भन्ने कामनासहित मनाइने गुरही पर्वले प्रकृति र समुदायको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने सांस्कृतिक महत्व बोकेको उहाँले उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउँदै यहाँ मनाइने विभिन्न पर्वहरूले आपसी सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई थप बलियो बनाउँदै आएको बताउनुभएको छ ।
उहाँले मौलिक संस्कृति, परम्परा र पर्वहरूको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । यस्ता पर्वहरूले सामाजिक एकता र राष्ट्रिय भावनालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

भर्खरै प्रकाशित

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज