Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

Author Avatar साझा न्यूज 18th August 2026 , 8:29 PM
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो । पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कोमल सेठ पनि हुनुहुन्छ । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । नेपाल र भारतबिच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेठबिच द्विपक्षीय भेटवार्तासमेत भएको थियो ।

त्यस अवसरमा उहाँहरूबिच आपसी हितका विषयका साथै नेपाल र भारतबिचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभएको थियो । सेनाध्यक्ष सेठ आज बिहान पशुपतिनाथ मन्दिरमा पुगी पूजाआजासमेत गर्नुभएको थियो ।

मित्रराष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

अल–कलममा परीक्षाफल प्रकाशन

अल–कलममा परीक्षाफल प्रकाशन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

भर्खरै प्रकाशित

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

अल–कलममा परीक्षाफल प्रकाशन

अल–कलममा परीक्षाफल प्रकाशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज