Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

Author Avatar साझा न्यूज 18th August 2026 , 8:29 PM
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो । पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कोमल सेठ पनि हुनुहुन्छ । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । नेपाल र भारतबिच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेठबिच द्विपक्षीय भेटवार्तासमेत भएको थियो ।

त्यस अवसरमा उहाँहरूबिच आपसी हितका विषयका साथै नेपाल र भारतबिचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभएको थियो । सेनाध्यक्ष सेठ आज बिहान पशुपतिनाथ मन्दिरमा पुगी पूजाआजासमेत गर्नुभएको थियो ।

मित्रराष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भर्खरै प्रकाशित

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज