Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

Author Avatar साझा न्यूज 29th August 2026 , 5:17 PM
डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली हुँदै चितवनस्थित नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको सुरक्षित र वैज्ञानिक व्यवस्थापन सुरु गरिएको छ।

चितवनमा फेला परेका २३३ शवमध्ये हालसम्म ५ जनाको मात्र सनाखत भएको र बाँकी शवहरू सड्न-गल्न थालेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गाड्न लागिएको हो।

अस्पतालमा लामो समय फ्रिजिङ गरेर राख्न सम्भव नभएको र शवबाट दुर्गन्ध फैलिनुका साथै महामारी तथा सङ्क्रमणको जोखिम उच्च भएपछि प्रशासनले तत्काल व्यवस्थापनको कदम चालेको हो।

शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ। सुरक्षाकर्मीको प्रत्यक्ष उपस्थितिमा दुईवटा डोजर प्रयोग गरी करिब १.५ मिटर गहिरा तीनवटा ठूला खाडल खनिएका छन्। खाडल खन्दा जंगलमा रहेका सालका रुखहरूलाई सकेसम्म जोगाइएको छ।

चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार पहिचान नखुलेका सबै शवहरूलाई ‘डेड बडी ब्याग’ भित्र सुरक्षित राखेर मात्र खाल्डोमा राखिनेछ। शव व्यवस्थापनका लागि आवश्यक ब्याग पर्याप्त मात्रामा उपलब्ध रहेको उनले बताए।

अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को विपद् व्यवस्थापन मापदण्ड अनुसार प्रत्येक शवलाई एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको मिलाएर लस्करै राखिनेछ। एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी कायम गरिनेछ।

शवको पहिचान पछि पनि नगुमोस् भन्नका लागि विशेष कोडिङ प्रणाली लागू गरिएको छ। प्रत्येक शवको हात वा खुट्टामा कहिल्यै नष्ट नहुने नम्बरसहितको ट्याग बाँधिनेछ।

शवलाई माटोले पुरेपछि जमिनमाथि १ फिटको ढलान गरी बाहिरबाटै प्रष्ट देखिने गरी सोही कोड नम्बरसहितको स्ट्यान्ड खडा गरिने एसपी पौडेलले जानकारी दिए।

डीएनए नमुना सुरक्षित, परिवार भेटिए शव जिम्मा लगाइने

शव गाडिए पनि पहिचान र खोजीको प्रक्रिया भने निरन्तर जारी रहनेछ। समाधिस्थ गर्नुअघि प्रत्येक शवबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरी सुरक्षित राखिएको छ।

‘बेपत्ता भएका व्यक्तिका आफन्तले सम्बन्धित जिल्ला अस्पतालमा आफ्नो डीएनए नमुना दिन सक्नेछन्,’ एसपी पौडेलले भने, ‘यहाँ सुरक्षित राखिएको डीएनए र परिवारको डीएनए परीक्षण म्याच भएको खण्डमा, जमिनमाथि राखिएको संकेत नम्बरका आधारमा शव निकालेर ससम्मान परिवारको जिम्मा लगाइनेछ।’

यो सम्पूर्ण प्रक्रियाको निष्पक्षता र प्रमाणका लागि संयुक्त मुचुल्का तयार पार्नुका साथै भिडियो, तस्बिर र जीआर सुरक्षित राखिनेछ। साथै, शव समाधिस्थ गरिएको क्षेत्रलाई जंगली जनावर वा अन्य जोखिमबाट सुरक्षित राख्न चारैतिर बलियो तारबार गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रसुवा बाढी : ६६९ जनाको शव फेला

रसुवा बाढी : ६६९ जनाको शव फेला

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

एमाले लुम्बिनी प्रदेशका सचेतक लामिछानेद्वारा विपद् राहत कोषमा ५१ हजार सहयोग

एमाले लुम्बिनी प्रदेशका सचेतक लामिछानेद्वारा विपद् राहत कोषमा ५१ हजार सहयोग

भर्खरै प्रकाशित

रसुवा बाढी : ६६९ जनाको शव फेला

रसुवा बाढी : ६६९ जनाको शव फेला

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज