कपिलवस्तु, भदौ १५ गते । भोटेकोशीमा गत भदौ ११ गते आएको बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि तेजकुमार बौद्धाचार्य ट्रस्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपियाँ सहयोग गरेको छ।
ट्रस्टकी अध्यक्ष ससु मयि शाक्यले उक्त रकम सहयोग गर्नुभएको हो। उहाँले प्रमुख जिल्ला अधिकारी जर्नादन गौतममार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्नुभएको हो।
भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले ट्रस्टले सहयोग गरेको जनाएको छ। स्थानीय तह, सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाले समेत बाढीपहिरो प्रभावितको उद्धार तथा राहतमा सहयोग गरिरहेका छन्।
















































