Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

Author Avatar साझा न्यूज 1st September 2026 , 6:46 AM
हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

हेटौँडा, भदौ १६ गते । पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनका लागि वैकल्पिक रुट तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार साँझ सूचना जारी गर्दै बढ्दो सवारी चापलाई व्यवस्थित गरी सुरक्षित र सहज आवागमनका लागि विभिन्न प्रकारका सवारी साधनलाई छुट्टाछुट्टै मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।

प्रशासनका अनुसार १० चक्कासम्मका सबै मालवाहक तथा ठुला यात्रुवाहक सवारी साधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ । मौसम तथा सडकको अवस्थालाई ध्यानमा राख्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारी साधनलाई साँझ ६ बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले अनुरोध गर्नुभएको छ ।

उहाँका अनुसार १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी साधनले हेटौँडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी र काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ ।

मकवानपुरको त्रिखण्डीनजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको भन्दै इन्धन तथा भारी मालवाहक सवारी साधनलाई उक्त पुल प्रयोग नगरी छेउमा रहेको डाइभर्सनबाट आवतजावत गर्न प्रशासनले आग्रह गरेको छ ।

विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, राजमार्गमा सवारी चालकले धैर्य र अनुशासनपूर्वक पालोअनुसार सवारी सञ्चालन गर्न तथा ओभरटेक नगर्न प्रशासनले अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न र सवारी आवागमन सहज बनाउन सहयोग गर्न चालक, यातायात व्यवसायी तथा यात्रुलाई प्रशासनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

‘विपद् अझैं टरेको छैन, उच्च सतर्कता अपनाऔं’:मुख्यमन्त्री आचार्य

‘विपद् अझैं टरेको छैन, उच्च सतर्कता अपनाऔं’:मुख्यमन्त्री आचार्य

भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार सहयोग

भर्खरै प्रकाशित

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज